विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो Bosch Brand Store सञ्चालनमा ल्याएको छ । BSH Home Appliances Pvt. Ltd. ले नेपालको प्रतिष्ठित व्यावसायिक घराना Laxmi Group सँगको सहकार्यमा ललितपुरको जावलाखेलमा स्टोर सञ्चालनमा ल्याएको हो ।
नयाँ स्टोरमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, डिशवाशर, फुड प्रिपरेसन तथा बिल्ट-इन किचन समाधानलगायत Bosch का प्रिमियम उत्पादनहरू उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यो सञ्चालन नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा दक्षिण एशियामा विस्तार रणनीतिको महत्वपूर्ण उपलब्धि हो ।
BSH Home Appliances India का प्रबन्ध निर्देशक तथा CEO सैफ खानले नेपालमा बढ्दो शहरीकरण, उपभोक्ताको बदलिँदो जीवनशैली र प्रिमियम होम अप्लायन्सप्रतिको रुचिले ठूलो सम्भावना सिर्जना गरेको बताए ।
Laxmi Group का अध्यक्ष गणेशबहादुर श्रेष्ठले Bosch सँगको सहकार्यले नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि र गुणस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
Bosch ले हाल नेपालभर ७० भन्दा बढी डिलर पार्टनर र २० वटा मोडर्न ट्रेड आउटलेटमार्फत आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । कम्पनीले आगामी दिनमा रिटेल विस्तार, उपभोक्ता शिक्षा, आफ्टर-सेल्स सेवा तथा नयाँ उत्पादन श्रेणीमा लगानी बढाउने जनाएको छ । यो स्टोरको उद्घाटनसँगै नेपाली उपभोक्ताहरूले जर्मन इन्जिनियरिङ र प्राविधिक उत्कृष्टताले भरिपूर्ण प्रिमियम होम अप्लायन्सको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन् ।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पाँच दशकदेखि लक्ष्मी ग्रुपले विश्वस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ ल्याइरहेको स्मरण गर्दै गुणस्तर र विश्वसनीयताका लागि प्रख्यात बॉशसँगको यो साझेदारीले देशको प्रिमियम होम अप्लायन्स बजारको विकासमा अर्थपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
सन् २०२५ मा करिब १५ अर्ब युरोको कारोबार गरेको BSH ग्रुपले आगामी दिनमा नेपालभर उत्कृष्ट एफ्टर-सेल्स सर्भिस (मर्मत सम्भार सेवा) र नयाँ उत्पादनहरू भित्र्याउँदै बजार विस्तार गर्ने लक्ष्य राखेको छ ।












