Thursday, August 13, 2026
spot_img

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

spot_img

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा सहकार्यमा ५३ जना शिक्षक–शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान गरेको छ । असार २ गतेदेखि ७ गतेसम्म ६३१औँ बीटीसी (बेसिक ट्रेनिङ कोर्स) र ४६७औँ पीटीसी (प्राइमरी ट्रेनिङ कोर्स) नेपाल स्काउट अन्तर्राष्ट्रिय स्काउट केन्द्र ककनीमा सम्पन्न भएको हो ।

तालिम नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रबिन दाहाल र राष्ट्रिय प्रशिक्षक अनिता मानन्धरको नेतृत्वमा सञ्चालन गरिएको थियो । तालिममा नेपाल स्काउटका पूर्व पदाधिकारी तथा राष्ट्रियस्तरका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।

काठमाडौं महानगर स्काउटका प्रमुख आयुक्त रञ्जनलाल श्रेष्ठको सक्रियता र शैक्षिक पद्धति आयुक्त मुना लामाको संयोजकत्वमा सम्पन्न तालिमले शिक्षकहरूमा नेतृत्व क्षमता, अनुशासन, सेवाभाव तथा स्काउटिङका मूल्य–मान्यताको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

समापन कार्यक्रममा कोर्स लिडर दाहालले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जिम्मेवार, अनुशासित र चरित्रवान नागरिकका रूपमा विकास गर्न स्काउटिङको महत्वपूर्ण भूमिका रहने बताए। उनले यस्ता तालिमले गुणस्तरीय शिक्षासँगै सकारात्मक सामाजिक रूपान्तरणमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरे ।

दाहालले तालिम सफल बनाउन सहयोग पुर्‍याउने काठमाडौं महानगरपालिका, नेपाल स्काउट तथा सहभागी शिक्षक–शिक्षिकाप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...

गरिमा क्यापिटलको निमित्त सीइओमा अशोक सुवेदी

गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अशोक सुवेदी नियुक्त...
spot_img