Thursday, April 30, 2026
spot_img
spot_img

‘अष्ट्रेलिया–नेपाल इकोनोमिक समिट’ आयोजना हुँदै

spot_img
spot_img

अष्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सले ‘अष्ट्रेलिया–नेपाल इकोनोमिक सम्मेलन’ आयोजना गर्ने भएको छ । डिसेम्बर २०२४ मा आयोजना हुने सम्मेलनले नेपालमा लगानीको अवसर र त्यसका प्रक्रियाबारे अष्ट्रेलियन लगानीकर्तालाई जानकारी गराइनेछ ।

आयोजक संस्था अष्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलका अनुसार नेपालमा विदेशी लगानीको अवसर र विदेशी लगानी भित्र्याउन हाल देखिएका समस्या समाधानका उपाय पहिल्याने विषयमा सम्मेलनमा बृहत् छलफल हुनेछ । सिड्नीमा आयोजना हुने सम्मेलनमा अष्ट्रेलियन उद्योगी व्यवसायीहरुका माझमा नेपालमा लगानीको अवसर, लगानीका क्षेत्र र प्रतिफलका सम्बन्धमा छलफल हुने अध्यक्ष खरेलको भनाइ छ ।

उनका अनुसार सम्मेलनमा अष्ट्रेलियाका अर्थमन्त्री र त्यहाँको केन्द्रीय बैंकका प्रतिनिधिसहित नेपालबाट अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनर सहभागी हुनेछन् । नेपालबाट निजी क्षेत्रको समेत सहभागीता सुनिश्चित गर्न उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलाई औपचारिक रुपमा निमन्त्रणा पठाइने अध्यक्ष खरेलले बिजनेश पानालाई जानकारी दिएका छन् । सँगै, लगानी बोर्डबाट समेत प्रतिनिधित्व हुने आयोजकको भनाइ छ ।

‘समग्रमा दुइ देशका उद्योगी व्यवसायीसहित दुइ देशका सरकारका अधिकारीहरुसमेत सहभागी गराउने र नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने विषयमा सम्मेलनमा केन्द्रित हुनेछ’ अध्यक्ष खरेलले भने, ‘दुइ देशकै उद्योग वाणिज्य क्षेत्रका व्यक्तित्वहरुबीच बृहत् छलफल हुनेछ ।’

उनका अनुसार सम्मेलनकै क्रममा आयोजकले एउटा अष्ट्रेलियाली स्टार्ट अप कम्पनीलाई सम्मान पनि गर्नेछ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक...

२९ महिनापछि टुङ्गो लाग्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्चमा परेको मुद्दा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो...

कर्मचारीले १५ दिनमै पाउन थाले तलब

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

एमआरपी कार्यान्वयनको समस्याबारे उद्योग वाणिज्य संघ काठमाडौँद्वारा छलफल

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ‘एमआरपी सम्बन्धी बजार समस्या”...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्नको लागि ३ जनाको नाम सर्टलिस्ट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img