स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । जस अनुसार कुल मतदाता संख्या ६७१ जना रहेको छ ।
यहि जेठ २९ गते हुन गईरहेको इप्पानको २४ औं बार्षिक साधारण सभामा संस्थाको स्वीकृत विधान वमोजिम कार्यसमिति निर्वाचन प्रयोजनको लागि मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। मतदाता नामावली उपर कोही कसैको दावी विरोध भएमा निर्वाचन समितिद्वारा जारी गरिएको निर्वाचन कार्यतालिकाको समयावधी भित्र सप्रमाण सहित निर्वाचन समितिको कार्यालयमा दावी विरोध गर्न निर्वाचन समितिले आग्रह गरेको छ ।
यहि जेष्ठ २९ गते इप्पानको २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन हुँदै छ। निर्वाचन कार्यतालिका अनुसार इप्पानको नयाँ नेतृत्व चयनको जेठ २८ गते उम्मेदवारी दिने र जेठ २९ गते मतदान हुने छ । मतदान र मतगणना याक एण्ड यति होटेलमा हुने छ भने बाँकी निर्वाचन कार्यक्रम इप्पान कै कमलादी स्थित कार्यालयमा हुने छ।
यस्तो छ निर्वाचन कार्यक्रम :














