नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल चयन भएका छन् । संघको संयुक्त रुपमा सम्पन्न नवौँ र १०औँ वार्षिक साधारणसभाले दासको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघका अध्यक्ष राजेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा चयन भएका मुल सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष हुन् ।
यस्तै, उपाध्यक्षमा युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा नेको इन्स्योरेन्सका अध्यक्ष रमेश कुमार निरौला चयन भएका छन् ।
सदस्यहरुमा सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सञ्चालक पवन अग्रवाल चयन भएका छन् ।









