Sunday, August 2, 2026
spot_img

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पीक्स’ सार्वजनिक

spot_img

प्रिमियर डिस्टिलरी लिमिटेडले ‘८ पीक्स’ नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्राण्ड बजारमा ल्याइसकेको प्रिमियर डिस्टिलरी लिमिटेडले ल्याएको यो नयाँ उत्पादनको पछाडि पनि बेग्लै कहानी छ ।

समुद्री सतहबाट आठ हजार मिटर अग्ला हिमालहरू संसारमा चौध वटा मात्रै छन् र त्यसमध्ये आठ नेपाली भूमिमा पर्छन् । यही ८ हिमालका शिखरहरूलाई समेट्दै ‘८ पिक्स’ ब्राण्ड तयार पारिएको हो ।

८ पीक्सलाई परम्परागत तामाको स्टिलबाट हुने फ्र्याक्सनल डिस्टिलेसनलाई आणविक स्तरको रूसी चारकोल र चाँदी फिल्ट्रेशनसँग संयोजन गरी तयार गरिएको छ । ८ पिक्सले कडा कन्जेनरहरू र अशुद्धताहरू सक्रिय रूपमा हटाउँछ । यसको परिणामस्वरूप वैज्ञानिक रूपमा परिष्कृत, रासायनिक रूपमा शुद्ध स्प्रिट तयार हुन्छ । जसले असाधारण स्तरको मृदुता र स्पष्टता प्रदान गर्छ र ग्राहकहरुलाई प्रकृतिको शुद्ध स्वाद पस्कन्छ । यो उत्पादनलाई हिमाली तालजस्तो पारदर्शी सिसाको बोतलमा आकाशजस्तै निलो लेबल सहित प्रस्तुत गरिएको छ ।

देशको प्राकृतिक गौरवलाई सम्मान गर्दै आधुनिक उपभोक्तालाई लक्षित गरी तयार गरिएको ८ पीक्सले प्राकृतिक इतिहाससँगै आधुनिक र स्टाइलिश पहिचान पनि झल्काउँछ ।

देशभर गरिएको उपभोक्ता स्वाद परीक्षणमा ८ पीक्सले ९९ प्रतिशत सहभागीहरुको मन जित्न सफल भएको बताइउको छ । जसले यसको बजारी सम्भावनाप्रति प्रिमियर डिस्टिलरी लिमिटेडको आत्मविश्वासलाई थप मजबुत बनाएको छ ।

८ पीक्स आगामी १५–२० दिनभित्र नेपालभरका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ । यो ७५० एमएल, ३७५ एमएल, र १८० एमएलका बोतलहरुमा बजारमा उपलब्ध हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...
spot_img