साेपान फर्मास्युटिकल्स लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। जेठ ८ गते सिडिएससी र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।
अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।
कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओ वैशाख १७ गते बाँडफाँड भईसकेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
शेयर सूचीकरण पश्चात सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ । कम्पनीका अध्यक्ष डा. अनिल पोखरेल हुन् भने अन्य संचालकमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् ।
कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।












