Thursday, August 27, 2026
spot_img
spot_img

राजीनामा माग्ने सांसदलाई क्यानका हाकिमले ‘गधा’ भनेपछि…

spot_img

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्डययन प्राधिकरणको समेत गम्भीर लापरबाही देखिएको भन्दै आफ्नो आलोचना गर्ने सांसदहरुलाई प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ‘गधा’को उपनाम दिएका छन् । सोही प्रकरणमा आफ्नो राजीनामा माग्ने सांसदहरुलाई उनले गधाको संज्ञा दिँदै आफूलाई ‘सिंह’सँग तुलना गरेका छन् ।

साउन ९ गते काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरको जहाज विमानस्थलमै दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएपछि सांसदहरुले महानिर्देशक अधिकारीलाई उडान सुरक्षामा सम्झौता गरेको भन्दै प्रश्न उठाएका थिए । साउन १० गते संसदको अन्तर्राष्ट्रिय सम्बन्धन तथा पर्यटन समितिको बैठकमा सांसदहरुले महानिर्देशक अधिकारीलाई ‘तपाईले क्यानको नेतृत्व सम्हालेपछि ७ वटा ठूला दुर्घटना भएका छन्, यी दुर्घटनाको जिम्मेवारी लिनुस्’ भन्दै आलोचना गरे ।

समिति सदस्यसमेत रहेका नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले समितिको बैठक लगत्तै संसद बैठकमा समेत क्यानका हाकिम अधिकारीको राजीनामा मागेका थिए । उनले अधिकारीले राजीनामा नदिए सरकारले उनलाई निलम्बन गर्नुपर्ने बताएका थिए ।

जबरासँगै सांसदहरु राजेन्द्र लिङ्देन, अमरेश कुमार सिंह र राजेन्द्र बजगाइँ लगायतले पनि उनको आलोचना गर्दै राजीनामा माग गरेका थिए । त्यसयता सामाजिक सञ्जालमा आम सर्वसाधारणले समेत राजीनामा माग्न थालेका छन् ।

तर, राजीनामा माग्ने सांसदहरुलाई लक्षित गर्दै महानिर्देशक अधिकारीले सामाजिक सञ्जाल एक्समार्फत ‘गधा’को उपनाम दिएका हुन् । अधिकारीले लेखेका छन्, ‘गधाको चुनौती सिंहले वास्ता गर्नुको अर्थ छैन, जितेभन्दा नि लाज…..।’

यसपछि सांसद बजगाइँले प्राधिकरणका महानिर्देशकलाई ‘भ्रष्ट स्याल’को संज्ञा दिँदै सार्वभौम सांसदलाई गधा चित्रित गर्ने दुष्प्रयास गरेको टिप्पणी गरेका छन् ।

‘भ्रष्ट स्यालले सिंह सम्झेर सोभरेन सांसदलाई गधा चित्रित गर्ने दुष्प्रयास गरेछ,’ बजगाइँले पनि एक्समा लेखेका छन्, ‘बाघले एक्लै शिकार गर्ने गर्छ भन्ने कुरा नागरिक उड्डययन कार्यकारी निर्देशक प्रदीप अधिकारी थाह छैन होला । माननीय उदय, लिङ्देन र म एक्लै एक्लै शिकार गर्न निष्कियौं भने दुनियाको कुनै शक्तिले बचाउने छैन ।’

सांसद बजगाइँले प्राधिकरणका महानिर्देशक अधिकारीले राजीनामा माग्ने सांसदहरुलाई फसाउन सक्ने भन्दै विमानस्थल तस्करको कब्जामा रहेको दाबी गरेका छन् ।

सांसद उदयसमशेर जबरालाई मेन्सन गर्दै बजगाइले लेखेका छन्, ‘नागरिक उड्डययन कार्यकारीले दुश्मनी साँधेका मानिसले विमानस्थलबाट विदेश आवतजावत गर्नुपूर्व उनीहरूको चेक इन ब्यागेजमा अवैध खरखजना, लागूऔषध, विदेशी मुद्रा राखिदिने, फसाउने टड्कारो खतरा भएकाले त्यसपूर्व सुरक्षा निकायलाई पत्राचार गर्नुहोला । विमानस्थल तस्करको कब्जामा छ ।’

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सान्जेनको दुवै आयोजना सुरक्षित

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्ना दुई वटै जलविद्युत आयोजना...

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र...

एभरेष्ट बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...

चीनले भन्यो ‘ भोटेकोशीमाथि अर्को ठूलो ताल बनेको छ, ३ दिनभित्र फुट्न सक्छ’

चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो...

बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण...

भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग...