Monday, June 22, 2026
spot_img

महासंघको केन्द्रीय सदस्यमा ६ जना मनोनीत, को को परे ?

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ६ जना मनोनीत भएका छन् । शुक्रबार बिहान बसेको महासंघको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा ६ जना सदस्य मनोनीत गरेको हो ।

जसमा जिल्ला नगरबाट ३ जना, वस्तुगतबाट २ जना र एसोसियटबाट एक जना रहेका छन् । उनीहरुमा मनीषलाल प्रधान (ललितपुर), नवीन रिजाल (मोरङ), गोकर्ण कार्की (पोखरा) जिल्ला नगरतर्फबाट मनोनीत भएका छन् । यस्तै, वस्तुगत तर्फबाट कत्था उत्पादक संघका शिव प्रसाद घिमिरे र महिला उद्यमी महासंघबाट दर्शना श्रेष्ठ मनोनीत भएका छन् ।

एसोसियट तर्फबाट हिमालयन बेम्बो प्रा.लि.की साहारा जोशी केन्द्रीय सदस्य मनोनीत भएकी छिन् ।

महासंघको विधानमा अध्यक्षले २ जना महिलासहित ७ जनालाई केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनीत गर्न सक्ने प्रावधान रहेको छ । अब १ जना मनोनीति गर्न बाँकी छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img