Monday, June 22, 2026
spot_img

महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव आजः ३ जनाबीच प्रतिस्पर्धा हुँदै

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । आज दिउँसो हुने निर्वाचनबाट महासंघले वरिष्ठ उपाध्यक्ष पाउँदैछ । त्यसअघि केन्द्रीय कार्यकारिणी समितिको बैठकले मनोनय दर्ता र मतदानको समय तोक्नेछ ।

यसअघि वरिष्ठ उपाध्यक्षका लागि ५ जना आकांक्षी देखिएको भएपनि अन्तिममा ३ जनाबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । सुरकृष्ण वैद्य, हेमराज ढकाल र रामचन्द्र सांघाईबीच वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुने पक्का भएको हो । यसअघि चर्चामा रहेका किशोर प्रधान र भरतराज आचार्य भने ‘ब्याक’ भएका छन् ।

स्वार्थीहरुसँग सहकार्य गर्न सकिँदैन भनेर ब्याक भएँः प्रधान

पूर्व उपाध्यक्ष किशोर प्रधानले आफूले संस्थालाई ४० वर्ष योगदान दिएको तर, पछिल्लो समय महासंघ स्वार्थीहरुले भरिएको आरोप लगाउँदै आफ्नो स्वार्थ मात्रै प्रधान मान्ने व्यक्तिहरुसँग सहकार्य गर्न सकिँदैन भनेर आफूले उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन् ।

‘मैले एउटा नवीन समझदारी चाहेको थिएँ, क्रमशः ओरालो लागिरहेको स्थितिलाई सपार्न सकिन्छ कि भनेर प्रयास गरेको थिएँ’ प्रधानले बिजनेश पानासँग भने, ‘तर, व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर हिड्न थालेका साथीहरु संस्थागत स्वार्थलाई स्वीकार्न तयार देखिएनन् । यस्तो जमातसँग सहकार्य गर्न नसकिने निष्कर्षमा पुगेर मैले उम्मेदवारी नदिने भएँ ।’

निवर्तमान कोषाध्यक्ष आचार्यलाई पनि वरिष्ठ उपाध्यक्षको सम्भावित उम्मेदवारका रुपमा हेरिएकोमा उनले पनि अन्तिम समयमा अध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष प्रबलजंग पाण्डेको अनुरोधमा उम्मेदवारी नदिने निर्णय गरेको उनी निकट एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘हिजो बेलुकासम्म उहाँको पनि चाहना छ भनेर कुराकानी भइरहेको थियो, तर अध्यक्ष र उपाध्यक्षले आग्रह गरेपछि उहाँले उम्मेदवारी नदिने निर्णय गर्नुभएको छ’ ति केन्द्रीय सदस्यले भने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img