Thursday, August 13, 2026
spot_img

अमेरिकामा टेक रोडशो गरेर विश्वसामु प्रस्तुत गरियो नेपालको आईटी क्षमता

spot_img

अमेरिकामा ‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न भएको छ। रोडशो सम्पन्न भएसँगै नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स (NACOC) को सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो।

कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

रोडशोमा वक्ताहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको सफ्टवेयर तथा आईटी सेवा क्षेत्र, दक्ष इन्जिनियरिङ जनशक्ति, स्टार्टअप इकोसिस्टम, आउटसोर्सिङ क्षमता तथा आईटी निर्यातको सम्भावनाबारे चर्चा गरेका थिए। कार्यक्रममा नासआईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रगका संस्थापक हिमाल कर्माचार्य तथा हाम्रोपात्रोका शंकर उप्रेतीले नेपालको डिजिटल रूपान्तरण र प्रविधि क्षेत्रमा देखिएका अवसरहरू शेयर गरेका थिए ।

हाल नेपालमा २ हजारभन्दा बढी प्रविधि कम्पनी, १ लाखभन्दा बढी टेक प्रोफेसनल तथा वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी निर्यात रहेको छ। पछिल्ला वर्षहरूमा नेपालको टेक क्षेत्रमा भएको प्रगतिले धेरै डायस्पोरा सदस्यलाई समेत आश्चर्यचकित बनाएको सहभागीहरूले बताएका छन्।

नास आईटीले यसअघि सम्पन्न ‘नेपाल टेक रोडशो सिड्नी २०२५’ तथा ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ पछि यूएसए रोडशोले नेपालको अन्तर्राष्ट्रिय प्रविधि उपस्थितिलाई थप मजबुत बनाएको जनाएको छ। साथै, कार्यक्रमले सहकार्य, लगानी, आउटसोर्सिङ साझेदारी तथा डायस्पोरा सहभागिताका नयाँ अवसर सिर्जना गरेको आयोजकको दाबी छ।

संस्थाका अनुसार यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूले नेपाललाई केवल पर्यटन गन्तव्यका रूपमा मात्र नभई प्रविधि, नवप्रवर्तन र डिजिटल रूपान्तरणको उदीयमान केन्द्रका रूपमा विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

अमेरिकाको डेक्सपर्ट्स इंकको प्रमुख सहकार्यमा आयोजना भएको रोडशो कार्यक्रममा एशोशिएट पार्टनरको नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स लगायत फोकस हेल्थ, फ्युजमेसिन्स, ग्लोबल आईएमई बैंक लगायतको सहकार्य रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img