Tuesday, May 19, 2026
spot_img

नेपालमा हुन्डाईको एसेम्बलः २ वर्षमा २ हजार गाडी उत्पादन, थप २ अर्ब लगानी गरिँदै

spot_img
spot_img

नेपालमा हुन्डाईका गाडीको एसेम्बल हुन थालेको दुई वर्ष पूरा भएको छ । ब्यापारिक घराना लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेशनले २०८१ बैशाख २८ बाट नेपालमै हुन्डाईका गाडीको एसेम्बल गर्न थालेको थियो । २ अर्ब लगानी रहेको उक्त एसेम्बल प्लान्टबाट सुरुमा भेन्यू गाडी एसेम्बल गरियो, त्यसपछि गत वर्षबाट क्रेटा पनि उत्पादन थालिएको छ ।

२ हजार गाडी उत्पादन

यो २ वर्षमा लक्ष्मी मोटर कर्पोरेशनले २ हजार युनिट भन्दा बढी गाडी उत्पादन गरिसकेको छ । नवलपरासीस्थित एसेम्बल प्लान्टमा बनेर अहिले नेपाली सडकमा भेन्यू र क्रेटा ब्राण्डका २ हजार युनिट गाडीहरु गुडिरहेका छन् ।

लक्ष्मी हुन्डाईका महाप्रबन्धक दीपक थपलियाका अनुसार यो २ वर्षको अवधिमा ‘दुई’सँग सम्बन्धित धेरै कुरा भएका छन् । ‘२ अर्ब लगानी थियो, २ सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । २ हजार युनिट गाडी उत्पादन भइसकेका छन्’ उनले भने, ‘अब २ सय करोड लगानी थप गर्ने योजना पनि रहेको छ ।’

सबै जनशक्ति नेपाली, गाडी पनि ९ लाखसम्म सस्तो

लक्ष्मी मोटरका अनुसार स्वदेशमै उत्पादन भएका हुन्डाईका गाडीहरु आयात भएका गाडीको तुलनामा निकै सस्तो छन् । मुलुकभित्रै एसेम्बल भएकै कारण उपभोक्ताले हुन्डाईका गाडीहरु आयाति गाडीको तुलनामा ४ लाखदेखि ९ लाखसम्म सस्तोमै पाएका छन् ।

उदाहरणका लागि, आयात गरिएको क्रेटा टप भेरियन्टको मूल्य ८८ लाखसम्म थियो भने नेपालमै एसेम्बल भएको क्रेटाको मूल्य ७९ लाखसम्म मात्रै छ । भेन्यूमा पनि आयातको तुलनामा यहीँ एसेम्बल भएको गाडी ५ लाखसम्म सस्तो रहेको थपलियाको भनाइ छ ।

यस आधारमा नेपालमै एसेम्बल भएको भेन्यू र क्रेटा गाडी औसतमा ६ लाख हाराहारी सस्तो पर्न गएको छ । यस अनुसार नेपाल मेड हुन्डाईका २ हजार युनिट गाडी किन्ने २ हजार उपभोक्ताको १ अर्ब २० करोड रुपैयाँ जोगिएको छ ।

यति मात्रै होइन, हुन्डाईको एसेम्बल प्लान्टमा सबै जनशक्ति स्वदेशी छ । परासीमा एसेम्बल भएर गुडिरहेका गाडीहरु नेपाली इन्जिनियरहरुको टिमले बनाएको हो । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयबाट निस्किएको जनशक्ति अधिकांश त्यहीँ प्लान्टमा कार्यरत छन् । ‘सीटीईभीटीको आंगिक संस्थाका रुपमा बुटवलमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयबाट पास आउट भएको अधिकांश जनशक्ति यहाँ खपत भएको छ । उनीहरुका लागि फिल्डको प्रयोगात्मक सिकाई पनि भएको छ’ थपलिया भन्छन् ।

स्थानीय अर्थतन्त्रमा योगदान

एसेम्बल प्लान्टले परासी र आसपासको क्षेत्रमा अर्थतन्त्रलाई चलायमान बनाउन पनि मद्दत गरेको छ । १० बिघा क्षेत्रफलमा फैलिएको कम्पनीले त्यहाँ कार्यरत जनशक्तिको उपभोगका लागि स्थानीय उत्पादन खरिद गर्ने नीति लिएको छ ।

तरकारी, धान–चामल, माछा मासु सबै स्थानीय उत्पादकबाटै खरिद गर्ने गरिएको थपलियाले जानकारी दिए । यसकारण सो क्षेत्रमा कृषिको उत्पादन, बजार र अर्थतन्त्रको विकासमा सहयोग पुगिरहेको छ । साथै, ढुवानी र यातायात जस्ता कुराहरुले पनि स्थानीय अर्थतन्त्रको विकासमा थप योगदान दिएको छ ।

यसका साथै, एसेम्बल प्लान्टलाई पर्यावरणमैत्री बनाइएको छ । त्यहाँबाट निस्किने एउटा टुक्रा फोहोर पनि बाहिर जाँदैन । त्यसरी निस्कने विभिन्न टुक्रा–टाक्री फोहोरबाट कार्यालय र प्लान्ट परिसरमै प्रयोग हुने विभिन्न सामग्री बनाइन्छ ।

टक्नोलोजी ट्रान्सफर सबैभन्दा ‘बेटर’

यो दुइ वर्षमा हुन्डाईको एसेम्बल प्लान्टले टेक्नोलोजी ट्रान्सफरको नमूना उदाहरण प्रस्तुत गरेको छ । गाडी आयात गर्ने, डिलर तोकेर बजार पठाउने अभ्यासबाट हुन्डाईले एसेम्बल, टेस्टिङ, डिलर र बजारको चक्र खडा गरेको छ ।

यो उपलब्धिले लक्ष्मी ग्रुपलाई अब विद्युतीय गाडीको एसेम्बल गर्न सकिन्छ भन्ने आत्मविश्वास प्रदान गरेको छ । यसका लागि अहिले यहीँ प्लान्टमा ईभीको एसेम्बल रिसर्च भइरहेको छ । नेपाली इन्जिनियरहरुको टोली अहिले यसमा व्यस्त छ ।

२ सय करोड लगानी थपिँदै

अब नेपालमै उत्पादन भएका टायर, ब्याट्री लगायतका सामान प्रयोग गर्ने तयारी गरिएको छ । तर, यसका लागि कोरियन गाडी उत्पादक हुन्डाईको मापदण्ड भने पूरा भएको हुनुपर्छ । टायर, ब्याट्री, प्लास्टिकका केही प्रोडक्टहरु, सिसाहरु र साइलेन्स पाइप जस्ता सामानहरु स्थानीय उत्पादन नै प्रयोग गर्ने तयारी अनुरुप अध्ययन अघि बढिसकेको महाप्रबन्धक थपलियाले बताएका छन् । क्राइटेरिया मिट हुने लोकल उत्पादन प्रयोग गर्न कोरियन गाडी उत्पादक हुन्डाईले लक्ष्मी मोटर कर्पोरेशनलाई अनुमति पनि दिइसकेको छ ।

अहिले भएका विभिन्न कम्पनीबाट किनेर प्रयोग गर्न सम्भव नदेखिए आफैँले उत्पादन गरेर आफू पनि प्रयोग गर्ने र अन्य एसेम्बल प्लान्टलाई सप्लाई पनि गर्ने सन्दर्भमा अहिले कम्पनीभित्र छलफल चलिरहेको छ । यो काम र गाडी एसेम्बलका क्रममा अहिले भइरहेको स्टेपभन्दा अझ ‘ब्याक स्टेप’बाट काम गर्नका लागि २ सय करोड थप लगानी गर्न लागिएको हो ।

‘हिजो गाडी आयात हुन्थ्यो, डिलरमार्फत बजार पुग्थ्यो । अहिले हामीले एसेम्बल र टेस्ट यहीँ गर्न थाल्यौँ । एसेम्बलभन्दा अगाडि हुने काम पनि यहीँबाट गर्ने लक्ष्य राखेका छौँ’ महाप्रबन्धक थपलियाले भने, ‘यो भनेको कलर गर्ने, पार्टस्हरु बनाउने जस्ता कामहरु हुन् । २, १ हुँदै गाडी उत्पादनका लागि शून्यबाटै स्वदेशमा काम गर्ने हाम्रो लक्ष्य हो ।’

तर, यसका लागि सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । आयातभन्दा स्वदेशमै एसेम्बल गर्ने कम्पनीहरुलाई प्रोत्साहन गर्ने हो भने निकट भविष्यमा ‘ईभी’ समेत एसेम्बल गर्न सकिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ठूलो लगानी गर्ने भनेपछि अमेरिकाले फिर्ता लियो अडानीको २६ करोड डलरको घुस मुद्दा

अमेरिकाको न्याय विभाग (DOJ) ले भारतीय अरबपति गौतम अडानी...

समस्याग्रस्त घोषणा नभएका सहकारी पीडितले कहिले फिर्ता पाउँछन् पैसा ?

सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई पैसा फिर्ता...

अमेरिकामा टेक रोडशो गरेर विश्वसामु प्रस्तुत गरियो नेपालको आईटी क्षमता

अमेरिकामा ‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न भएको छ।...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

डलरको मूल्य अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ हालसम्मै कै कमजोर

आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ।...
spot_img