Thursday, May 14, 2026
spot_img

निर्माण व्यवसायी महासंघ आन्दोलनमा, देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन—पत्रसहित धर्ना

spot_img
spot_img

मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमीक लागतमा पटक पटक भइरहेको मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ ।

महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधको कार्यक्रम अनुसार विहिवार केन्द्रमा एशोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र उर्जा, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाइ ती विभागहरूमा आधा घण्टा धर्ना दिइएको छ । एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्धयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्था बारे अवगत गराए ।

यसैबीच महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले विहिबार नै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ शान्तिपूर्ण तवरमा आधा घण्टा धर्ना दिएका छन् ।

मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थितिका विषयमा अवगत गराउँदै ज्ञापन पत्र दिइ देशभरका जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए । महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिंचाई कार्यालयहरूमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन् ।

विरोधकै कार्यक्रम अन्र्तगत सात प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बु्झाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुजुकी e-VITARA को देशव्यापी हस्तान्तरण सुरु

सीजी मोटोकर्पले सुजुकी e VITARA को देशव्यापी हस्तान्तरण सुरु...

राष्ट्र बैंकद्वारा हिमालयन बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको छ ।...

ब्रोकर संघद्वारा पूँजीबजारमा आबद्ध भई महासंघमा निर्वाचित हुनेलाई सम्मान

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले  पूँजीबजारमा आबद्ध रहेर नेपाल...

वैदेशिक रोजगारीमा रहेकालाई माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई...

नेपाल भित्रियो ACCOR को लाइफस्टाइल ब्राण्ड TRIBE, सब्रिना होटेलसँग सम्झौता

विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को lifestyle ब्रान्ड...

एनसेलमा सीआईबीको छापा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले दूरसञ्चार सेवा प्रदायक...
spot_img