Thursday, May 14, 2026
spot_img

सीइओ पक्राउपछि ४ संस्थाले भने ‘पाण्डेलाई थुनामुक्त गरि बाहिरै राखेर अनुसन्धान होस्’

spot_img
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंक तथा वित्तीय क्षेत्रका ४ वटा संगठनले संयुक्त रुपमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सीइओ पक्राउप्रति ध्यानाकर्षण भएको बताएका हुन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा (५७) ले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुली नभएको अवस्थामा असुलीका लागि विशेष अधिकार दिएको तथा यो बैंकको प्राथमिक प्रकृया भित्र रहने र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्व भित्र पर्ने संस्थाहरुले उल्लेख गरेका छन्।

आम सर्वसाधारणको निक्षेप संकलन गरी जन विश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतको प्रक्राउले बैंकको साखमा नै गिरावट आउन सक्ने र बैंकको स्थायित्वमा नै आँच आउन सक्ने संस्थाहरुले उल्लेख गरेका छन्।

बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत जस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै “सुन अनि थुन” को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भएमा ज्योति प्रकाश पाण्डेलाई यथाशिघ्र थुनाबाट बाहिरै राखि अनुसन्धान प्रकृया अघि बढाउन पनि संस्थाहरुले आग्रह गरेका छन् ।

बैंक वित्तीय तथा लघुवित्त संस्थाहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीति / निर्देशनको अधिनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक बृद्धि, रोजगारी सृजना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह गर्दै आइरहेको पनि संघहरुले जनाएका छन् ।

ऋण असुलीको लागि सम्पत्ति लिलाम गरेकै कारणले बैंकको सीइओ पक्राउ परेपछि ४ वटा संस्थाको संयुक्त भनाई आएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकालाई माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई...

नेपाल भित्रियो ACCOR को लाइफस्टाइल ब्राण्ड TRIBE, सब्रिना होटेलसँग सम्झौता

विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को lifestyle ब्रान्ड...

एनसेलमा सीआईबीको छापा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले दूरसञ्चार सेवा प्रदायक...

आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने 

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आज बिहीबार संसदमा बजेटका...

निर्माण व्यवसायी महासंघ आन्दोलनमा, देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन—पत्रसहित धर्ना

मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा...
spot_img