नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न प्रतिबन्ध लगाएको छ । प्राधिकरणको वैशाख २९ गतेको निर्णय अनुसार कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न प्रतिबन्ध लगाइएको हो ।
प्राधिकरणका अनुसार कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०८२ / ८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाईएको हो । यस अवधिमा कम्पनीले पुनर्बीमा दावी भुक्तानी गर्ने कार्य र यस अघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य मात्र गर्न पाउने छ ।
हाल हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन संचालक र उच्च व्यवस्थापकमाथि बीमा सम्बन्धी कसुर, सम्पत्ति सुद्धीकरणको कसुर र धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको छ ।












