Monday, May 11, 2026
spot_img

‘बैङ्कहरु विशिष्टिकृत खालका भएनन्, समय अनुकुल कर्जाका प्रोडक्टहरु पनि निकाल्न सकेनन्’

spot_img
spot_img

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले नेपालका बैंकहरु विशिष्टिकृत खालका नभएको र बैंकहरुले समय अनुकुलका कर्जाका प्रोडक्टहरु पनि निकाल्न नसकेको जिकिर गरेका छन्। नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक समेत रहेका डा. श्रेष्ठले नेपालको बैङ्किङ एकदमै सामान्यीकरण (जेनरलाइज) खालको भएको र हाम्रो नियमन पनि उस्तै जेनेरलाइज नै रहेको उल्लेख गरेका छन् ।

बिजनेशपानासँगको अन्तर्वार्ताको क्रममा उनले उदारीकरण पश्चात नेपालको बैङ्किङ क्षेत्र तीव्र रुपमा विस्तार भएको बताए  । तैपनि बैङ्कहरुले परिवर्तित सन्दर्भमा कर्जाको माग पूरा गर्न नसकेको उनको भनाई छ ।

नेपालको बैंकहरु अहिले दबाबमा रहेको उनको भनाई छ । उनी भन्छन् ‘निष्क्रिय कर्जा बढेको छ, नाफा घटेको छ, गैर बैङ्किङ सम्पत्ति बढिरहेको छ । यसकारण नेपालका बैङ्कहरु अहिले दबाबमा छन्, यो दबाब लामो समय कायम रहेमा यसले वित्तीय स्थायित्वमा नै धक्का पुग्न सक्छ ।’

उनले नेपालको बैङ्किङ एकदमै सामान्यीकरण (जेनरलाइज) खालको भएको र समय अनुकुलका कर्जाका प्रोडक्टहरु पनि निकाल्न नसकेको उल्लेख गरे। त्यस्तै बैङ्कहरु पनि विशिष्टिकृत खालका नभई सबैले एउटै काम गरिरहेको उनको भनाई छ । बचत उठाउने र कर्जा दिने खालको मात्र देखिएकोले बैङ्किङ परम्परागत (ट्रेडिनशल) रुपमा चलिरहेको उनले बताए ।  बैङ्कहरु उत्पादनमूलक क्षेत्रको सहयोगी बन्नु पर्ने र नेपालमा पनि विदेशतिरको जस्तै बैङ्कहरुले एड्भाइजरी भूमीका पनि निर्वाह गर्नु पर्ने उनको भनाई छ।

उनले नेपाल राष्ट्र बैंकले आफ्नो नियमनलाई सुधार गर्नु पर्ने बताएका छन् । उनी भन्छन् ‘हाम्रो नियमन पनि उस्तै जेनेरलाइज नै भयो । कृषि, सेवा, उद्योग सबैमा गएको ऋणलाई एउटै डालोमा हालिन्छ । उनीहरुलाई दिइने निर्देशनहरु पनि एकै खालका छन् । यी विषयमा पनि अब नियामक निकायले सुधार गर्दै जानुपर्ने हुन्छ ।’

हिजोको कतिपय निर्देशित कर्जाका कारण बैङ्कको गैर बैङ्किङ सम्पत्ति बढिरहेको उनको भनाई छ। उदाहरणका दिदै उनी भन्छन् ‘हिजो विपन्न वर्ग कर्जा भनेर निर्देशित कर्जाको प्रावधान ल्याइयो, त्यो कर्जा नउठेर अहिले बैङ्कहरुलाई समस्या परिरहेको छ ।’ यस्ता कर्जाहरु समयानुकुल हो की होइन भनेर अब नियामक निकायले मूल्याङ्कन गर्ने बेला भएको उनी बताउछन्।

विभिन्न कुरामा सुधार गर्दै जान जरुरी रहेको उनको भनाई छ। उनी भन्छन् ‘पियर टू पियर (पी टू पी) ल्याण्डिङ सुरु भएको छैन, क्रेडिट स्कोरिङ सुरु भएको छैन । निक्षेप तथा कर्जा सुरक्षण कोष पनि बीमाको अवधारणा अनुसार चलेको छैन । बचत र कर्जाको सुरक्षण गर्नका लागि खडा गरिएको यो संरचना आफैँ प्रीमियम बापत उठाएको पैसा बैङ्कमा लगेर राखेर बसेको छ । जबकी, यो त बीमाको सिद्धान्त र अवधारणा अनुसार चल्नुपर्ने होला । बीमाको परिधिभित्र चल्ने हो भने बीमा प्राधिकरणसँग समेत जोडिनुपर्ने हो । यस्ता धेरै कुराहरुमा अब सुधार गर्दै बैङ्किङलाई आधुनिक र एड्भाजरी भूमीका सहितको बैङ्किङ बनाउन जरुरी छ ।’

यो पनि :  घट्दो जनसङ्ख्यालाई हेरेर कर प्रणालीमा परिमार्जन र सुधार गर्न ढिलाई गर्नु हुँदैन (अन्तरवार्ता)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एक महिनामै सार्वजनिक भयो SEE को नतिजा, यी १७ तरिकाबाट हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)...

सरकारी कर्मचारीको ट्रेड युनियन खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारी कर्मचारीको ट्रेड युनियन अधिकार खारेज नगर्न...

इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather अब जनकपुरमा

इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौलाको उम्मेदवारी दर्ता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज)ले...

नीति तथा कार्यक्रम: यस्ता छन् ऊर्जा क्षेत्रको विकासको लागि ८ बुँदे योजना

सरकारले उर्जा क्षेत्रको विकासको लागि लागि विभिन्न कार्यक्रम अघि...

९ महिनामै भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, चैतमै आयो २०९ अर्ब

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका...
spot_img