Monday, July 27, 2026
spot_img

रिलायबल समृद्धि योजना २ को इकाई आजदेखि बिक्रीमा

spot_img

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आज वैशाख २९ गतेदेखि सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । क्यापिटलले रिलायबल समुहिल लगानी कोष अन्तर्गत संचालन हुने रिलायबल समृद्धि योजना २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार १  अर्ब रहेको छ। यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको छ। जस मध्ये कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा छिटोमा जेठ १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने छ।

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img