इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experience Center को उद्घाटन गरेको छ । यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ Experience Center सोमबार Nitin Trade Link को व्यवस्थापनमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यो उद्घाटन Ather Nepal को नेपालभर उच्च-प्रदर्शनयुक्त तथा दिगो मोबिलिटी समाधानलाई ग्राहकसम्म अझ नजिक पुर्याउने यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो।
जनकपुरमा नयाँ Experience Center सञ्चालनसँगै Ather Nepal का अब देशभर १० वटा Experience Center पुगेका छन्। जसमा काठमाडौं उपत्यकाभित्र ५ वटा तथा पोखरा, चितवन, इटहरी, र बुटवलमा रहेका शाखाहरू समावेश छन्। साथै ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनीले देशभर ९ वटा Authorized Service Center पनि सञ्चालन गरिरहेको छ। Ather ले दुई-पाङ्ग्रे EV क्षेत्रमा सबैभन्दा लामो ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ।
जनकपुर Experience Center मा Ather को सम्पूर्ण उत्पादन श्रृंखला प्रदर्शन गरिनेछ, जसमा performance-oriented Ather 450 Series तथा आधुनिक परिवारमुखी Ather Rizta समावेश छन्।
जनकपुर Experience Center मा आउने ग्राहकहरूले Ather स्कुटरहरूको live display तथा product demonstration अनुभव गर्न सक्नेछन् । Ather 450 Series तथा Rizta को test ride लिन, Smart features तथा connected technology बारे जानकारी लिन, Financing तथा exchange सम्बन्धी सुविधा बुझ्न र EV ownership तथा charging सम्बन्धी परामर्श प्राप्त गर्न सक्नेछन् ।
Ather Nepal ले नेपालभर EV ecosystem लाई थप सशक्त बनाउन आफ्नो fast-charging infrastructure पनि निरन्तर विस्तार गरिरहेको छ। ग्राहकहरूले विस्तार हुँदै गएको 40+ Ather Grid fast charging network मार्फत प्रमुख शहर तथा राजमार्गहरूमा सहज र भरपर्दो charging सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीले भविष्यमा पनि charging accessibility विस्तार गर्दै long-distance EV travel लाई थप सहज र चिन्तामुक्त बनाउने लक्ष्य राखेको छ।
अथर जनकपुरको भव्य उद्घाटनको अवसरमा ग्राहकहरूका लागि ४ जेठ २०८३ सम्म लागू हुने विशेष सीमित अवधिको उद्घाटन अफर उपलब्ध गराइएको छ। यस विशेष योजनाअन्तर्गत अथरले विस्तारित ब्याट्री वारेन्टी, आकर्षक ०% ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेञ्ज भ्यालुएसन सुविधा प्रदान गरिरहेको छ, जसले जनकपुरका ग्राहकहरूलाई स्मार्ट, भरपर्दो र आधुनिक विद्युतीय मोबिलिटी रोज्न अझ सहज बनाउने विश्वास लिइएको छ।












