स्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको एक जहाजको टायर पड्किएको छ । THY726 कल साइनको सो जहाज काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टायर पड्किएर आगो देखिएको हो।
जहाज ल्याण्ड भएपछि दमकलको प्रयोग गरेर आगो निभाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको छ। यात्रुहरु सकुशल छन् ।
अहिले सो जहाजलाई रनवेबाट हटाउने कार्य भईरहेकोले विमानस्थल केही समयको लागि बन्द गरिएको छ।












