Monday, May 4, 2026
spot_img
spot_img

पुरै सिलिण्डर ग्यास बिक्री गर्न दिन व्यवसायीको माग, निगमलाई आपूर्ति कै चिन्ता

spot_img
spot_img

मध्यपूर्वमा चर्किएको युद्धका कारण इन्धनको आपुर्तिमा समस्या भएपछि सरकारले आधा सिलिण्डर मात्रै ग्यास बजार पठाउने नीति लिएको करिब २ महिना भएको छ । फागुन २९ गतेदेखि ७.२ किलो ग्यास (आधा सिलिण्डर) भरिएको सिलिण्डर बजार पठाउन थालेको नेपाल आयल निगमलाई अहिले १४.२ किलो ग्यासकै सिलिण्डर बजार पठाउन दबाब छ ।

भारतबाट आयात भएका ग्यास बुलेटहरु ‘अनलोड’ सकेका छैनन् । ग्यास उद्योगहरुले आफूसँग भएका बुलेट र सिलिण्डर भरेका राखेका छन्, त्यो बजारमा गएको छैन । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार उद्योगहरु सहज रुपमा १४.२ किलो ग्यास बजारमा पठाउन तयार छन् ।

उनले भारतबाट भरिएर आएका बुलेटहरु अनलोड गर्नका लागि पनि १४.२ किलो ग्यास नै बजारमा पठाउनुपर्ने बताएका छन् । नत्र बुलेटहरु भरिएरै रहने र भारतीय पक्षलाई अतिरिक्त शुल्क तिर्न बाध्य हुनुपर्ने चन्दको भनाइ छ । ‘अहिले बुलेट अनलोड हुन पाएका छैनन्, भारतबाट लोड भएर आएका बुलेटहरु फिर्ता नहुँदा हामीले एक बुलेट बराबर प्रतिदिनको ५ हजारका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ । भारतीय पक्षले बिल पठाउनै थालिसके’ उनले भने, ‘यो कुरा निगमलाई पनि थाहा छ ।’

अध्यक्ष चन्दका अनुसार नाकामा थन्किएका र नेपाल आइसकेका ३०० बुलेट ग्यास अनलोड हुन सकेको छैन । तर, पर्याप्त ग्यास भएपनि ७.१ किलो (अधा सिलिण्डर)को नियमले असजिलो बनाइरहेको उनको भनाइ छ । ‘आजबाट ग्यास आयात बन्द भयो भनेपनि १५ दिनलाई पुग्ने स्टक छ, नियमित आयात हुँदा १४.२ किलो ग्यास बजार पठाउन असहज हुँदैन’ चन्द भन्छन्, ‘सरकारलाई यसबारे हामीले लिखित रुपमै पनि कुरा राखिसक्यौँ । ग्यास बिक्रेता संघ र हामीले संयुक्त रुपमा पनि बुझायौँ । तर, निर्णय भइदिएन ।’

के भन्छ निगम ?
आयल निगमले भने व्यवसायी र उद्योगीहरुले १४.२ किलोकै ग्यास बजार पठाउने नियम फर्काउन माग गरेको तर, निर्णय नगरिएको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विगतमा जस्तै १४.२ किलो ग्यास भरिएकै सिलिण्डर बजार पठाउँदा आपुर्तिमा पुनः समस्या आउँछ वा आउँदैन भन्नेमा अहिले छलफल चलिरहेको छ ।

‘अहिले फेरि द्वन्द चर्किन्छ जस्तो कुराहरु आइरहेका छन्, यसकारण पुनः आपुर्तिमै समस्या आयो भने फेरि के गर्ने ? ७.१ किलो ग्यास बजारमा पठाउँदा भइरहेको सहजता फेरि असहजतामा पुग्ने त होइन ?’ ठाकुरले भने, ‘यी धेरै कुराबाट छलफल भएको छ । तर, तत्कालै १४.२ किलो ग्यास पठाउने कुरा छैन ।’

उनका अनुसार चाँडो चाँडो निर्णय परिवर्तन गरिँदा उपभोक्तामा झन अन्योल बढ्ने र १४.२ किलो ग्यास बेच्न सुरु गर्नासाथ पुनः माग बढ्न जाने भएकाले अझै केही समय ७.१ किलो ग्यास नै बजारमा पठाउने निर्णयले निरन्तरता पाउने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा...

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...

क्यानको महानिर्देशकका लागि २१ जनाको आवेदन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अध्यादेशका कारण ऊर्जा मन्त्रालय अन्तर्गतका १० जना पदमुक्त, को को परे ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...
spot_img