Monday, June 22, 2026
spot_img

खातामा प्यान र ईमेल अपडेट गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

spot_img
spot_img

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकले ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान र इमेल अपडेट गर्न ग्राहकहरुलाई अनुरोध गरेको हो ।

ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा ट्याप गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको र उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने जनाइएको छ ।

जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा पनि बैंकले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img