आज वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ३ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले निर्णय सुनाएका हुन् ।
उनका अनुसार बैठकले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
त्यस्तै सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धान गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत समावेश गर्ने र यसबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले ‘भन्सार नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ।













