सानिमा बैंक चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४२.२३ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोडबाट ५ अर्ब १६ करोड पुगेको छ। कम्पनीको संचालन आम्दानी ६ अर्ब ४ करोडबाट बढेर ७ अर्ब २७ करोड पुगेको छ। कम्पनीको संचालन नाफा २ अर्ब २५ करोडबाट बढेर ३ अर्ब ३२ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा १८.५७ रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १७९.५५ रुपैयाँ रहेको छ।
१५ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ८ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।













