Saturday, June 27, 2026
spot_img

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

spot_img
spot_img

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज बिहीबार साँझ नक्साल क्षेत्रबाट प्रकाउ गरेको हो।

ब्यूरोका अनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालिन अध्यक्ष रहेका गोल्छालाई “धितोपत्र सम्बन्धी ऐन, २०६३ “अन्तर्गतको कसूरमा  पक्राउ गरिएको हो ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनी पक्राउ परेको ब्यूरोले जनाएको छ।  ब्यूरोका अनुसार  शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐ ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त भएपछि उनी पक्राउ परेका हुन् ।

उनलाई आज वैशाख १० गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई आज नै नक्सालबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको ब्यूरोले जनाएको छ ।

अहिले सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्टलाई पक्राउ गरेरअनुसन्धान गरिरहेको छ । सो प्रकरणमा शेखर गोल्छा पनि जोडिएपछि प्रहरीले उनलाई पनि अनुसन्धानको लागि पक्राउ गरेको हो।

गोल्छाले आफुले प्रहरीलाई अनुसन्धानमा पूर्ण रुपले सघाउने र  प्रहरीले बोलाएमा आफै उपस्थित हुने बताएका थिए।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img