Saturday, June 27, 2026
spot_img

विवादको गाँठो फुकाउने कसरतसहित महासंघको बैठक जारी, निवर्तमान अध्यक्ष गोल्छा अनुपस्थित

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको बैठक अहिले जारी छ । अपरान्ह १ बजेदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकमा अहिले केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

कार्यकारिणी समितिको १६औँ बैठकमा १८ वस्तुगत संघहरुको सदस्यता खारेजी पश्चात उत्पन्न विवादको विषयमा छलफल भइरहेको छ । सदस्यता समितिका सभापतिसमेत रहेका निवर्तमान अध्यक्ष शेखर गोल्छा भने आजको बैठकमा उपस्थित छैनन् । बैठकमा पदाधिकारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य गरी ६१ जनाले उपस्थिति जनाएका छन् ।

चैत २९ र ३० गतेका लागि तोकिएको महासंघको साधारणसभा र निर्वाचन सदस्यता विवादकै कारण अदालतको आदेशबाट स्थगित भएको छ । बैशाख २१ र २२ का लागि नयाँ मिति तोकिएपनि बुधबारको बैठकले विवाद सुल्झाउने निष्कर्ष निकाल्नेमा सदस्यहरु ढुक्क छैनन् ।

‘सुरुमा अदालतको आदेशबाट खारेजीमा परेका १८ वटा संघहरुको सदस्यता कायम गरेर जाँदा सदस्यता दिनु हुँदैन भन्ने पक्ष फेरि अदालत गइहाल्छ, सदस्यता नदिई साधारणसभा र निर्वाचनमा जाँदा अदालतको चैत २६ को आदेश अनुसार मेल खाँदैन’ एक जना केन्द्रीय सदस्यले भने, ‘आजको बैठकले विवादको मिलन विन्दु पहिल्याउन सक्ने अवस्था पनि छैन । त्यसकारण बैशाख २१ र २२ मै साधारणसभा र निर्वाचन हुनेमा अझै पनि शंका कायमै छ ।’

बैठक जारी रहँदा केहीबेर महासंघको कार्यालय बाहिर सदस्यता खारेजीमा परेका संघ तथा महासंघहरुले विरोध प्रदर्शन गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img