Thursday, April 23, 2026
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि सुरु भएका चलखेल असफल भएको पाईएको छ ।  नेप्सेको लागि कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) विकास गरेको भेन्डर कम्पनी वाईको प्रा.लि.ले चलखेल गरेको बारे बिजनेशपानाले वैशाख ३ गते IT Audit गर्नुपर्ने भएपछि ब्रोकरमा हलचल, TMS को ‘कमजोरी लुकाउन’ ब्यापक चलखेल शिर्षकमा समाचार प्रकाशन गरेको थियो।

समाचार प्रकाशन भएपछि नेप्सेले नै एक्सन लिएपछि चलखेल असफल भएको हो। यस अघि स्टक ब्रोकर एशोसिएसनले सबै ब्रोकरलाई एउटै भेण्डर कम्पनीमार्फत अडिट गराउने पहल गरिरहेको हुनाले सो विषयमा अन्तिम निर्णय नहुँदासम्म आइटी अडिटर नियुक्त नगर्न भनेको थियो। त्यसबारे बिजनेशपानाले समाचार प्रकाशन गरेपछि नेप्सेले नै चासो देखाएर ब्रोकर संघका केही पदाधिकारीलाई बोलाएर अनौपचारिक प्रष्टीकरण लिएको थियो। त्यस क्रममा नेप्सेले प्रष्टसँग कार्यविधि अनुसार अडिट नभएको पाईए दोहोर्याएर अडिट गर्न लगाउने संदेश दिएपछि ब्रोकर संघ ब्याक भएको स्रोतको भनाई छ ।

हाल भने ब्रोकर संघले सबै ब्रोकरहरुलाई आ-आफ्नो तरिकाले अडिटर नियुक्त गरेर नेप्सेले बनाएको निर्देशिका अनुसार अडिट गराई  समय मै रिपोर्ट बुझाउन निर्देशन दिएको छ । संघले हालै ब्रोकर सदस्यलाई पठाएको निर्देशनमा भनिएको छ ‘ नेपाल स्टक एक्सचेञ्जको पत्र संख्या ०८२/८३ /११६६ अनुसार आइटी अडिट गर्ने सम्बन्धमा साथिहरुमा धेरै किसिमका दुविधा भएको हुनाले साथै लागत सम्बन्धमा पनि धेरै भिन्न सुनिएकाले यस स्टक ब्रोकर्स एसोसिएसनको तर्फबाट बिभिन्न आइटी अडिट कम्पनीहरुमा बुझने काम भएको थियो ।

यस बिचमा सो सम्बन्धमा विभिन्न खाले दुस्प्रचारहरु पनि गरको पाइयो । यस संघको उधेश्य भनेको सम्पूर्ण साथिहरुमा रहेको दुविधा हटाउनु र लागत के कसरी घटाउन सकिन्छ ? सार्थै दिगो एवं विश्वसनिय आइटी अडिट् कसरी गर्न सकिन्छ ? भन्ने आसयका साथ स्टक ब्रोकर्स एसोसिएसनले पहल गरको कुरा यहाँहरुलाई अवगत गराउन चहाँन्छौ । तर्सथ सम्पुर्ण सदस्य साथिहरुले आ-आफ्नो तरिकाले बजारमा उपलब्ध आइटी कम्पनी छनोट गरि नेप्से आइटी अडिट निर्देशिका २०२६ अनुसार आइटी अडिट गराई समयमा नै रिपोर्ट बुझाउनु हुन अनुरोध गर्दछौं ।’

नेप्सेले दिएको निर्देशनबारे पनि संघले प्रष्ट रुपमा उल्लेख गरेर पठाएको छ ।  यदि अडिटरको योग्यता कार्यविधिमा उल्लेख भए बमोजिमको मापदण्ड अनुसार नभएमा, अडिट गर्ने कम्पनीमा कार्यविधिमा उल्लेखित योग्यता पुगेका आफ्नै पुर्णकालिन कर्मचारीको रुपमा कार्यरत अडिटर नभएमा, र अडिट गर्ने कम्पनीले नेप्से वा ब्रोकरलाई सफ्टवेयर बिक्री गरेको भएमा अडिट प्रतिवेदन अस्विकार गरिने नेप्सेको संदेश पनि ब्रोकर संघले साथै उल्लेख गरेर सदस्यहरुलाई पठाएको छ ।

यस संगै अब ब्रोकरहरुले आ-आफ्नै तरिकाले अडिटर नियुक्त गरेर आफ्नो कम्पनीको आईटी अडिट कार्य गराउन सक्ने छन् । अर्थात् ब्रोकरहरुले अब आफै अडिटर चयन गर्न सक्ने छन् । यस संगै यस अघि सबै ब्रोकरको आईटी अडिटको कार्य एकै अडिटरलाई दिने र कमजोरी लुकाउनको लागि थालिएको चलखेल असफल भएको हो।

कसरी हुन खोजेको थियो चलखेल  ?

यसअघि नेप्सेले २०८० सालमा आफ्नो अडिट गराउँदा अडिटरले वाईकोले निर्माण गरेको टिएमएस प्रणालीमा विभिन्न कैफियत देखिएको र अनेक कमजोरी रहेको भन्दै सुधारको लागि सुझाव दिएको थियो । त्यस समयको अडिटमा वाईकोको सिस्टममा एकै आईडी दुई ठाउँबाट लग–इन हुन सक्ने देखिएको, वाईकोले चाहेमा कुनै निश्चित ब्रोकरको टीएमएस कुनै निश्चित समयको लागि डाउन गर्न सक्ने देखिएको, मेकर–चेकर कन्सेप्टको पालना नभएको लगायतका  कैफियत देखाइदिएको थियो । अहिले ब्रोकरहरुको आईटी अडिट गर्दा त्यस समयमा देखिएको भन्दा अझै धेरै कमजोरी देखिन सक्ने भएकोले आईटी अडिटको जिम्मा आफुले भनेकै अडिटरलाई दिनको लागि वाईकोले चलखेल गरेको थियो।

वाईकोले सबै ब्रोकरको अडिटको जिम्मा एकै कम्पनीलाई दिनुपर्ने भन्दै ब्रोकर एसोसिएसनलाई नै दबाब दिएको थियो। नेप्सेका अनुसार हाल ९२ वटा ब्रोकर कम्पनी रहेकोमा ७२ वटा ब्रोकरले वाईकोको सिस्टम प्रयोग गर्दै आएका छन् । ब्रोकर नम्बर ५८ को आफ्नै टिएमएस प्रणाली रहेको छ भने १३ वटा ब्रोकरले एट्राडको सिस्टम प्रयोग गर्दै आएका छन् । बाँकी ६ वटाले भने  एट्राडमा सिफ्ट हुने तयारी गरिरहेकोले परिक्षणकाल अवधिभरको लागि एट्राड र वाईको दुवैको सिस्टम आवश्यकता अनुसार चलाइरहेका छन् ।

अर्थात् कुल ९२ मध्ये झन्डै ८० प्रतिशत ब्रोकरले वाईकोको सिस्टम प्रयोग गर्दै आएका छन् । वाईकोको सिस्टममा यसअघि पनि विभिन्न कमजोरी देखिएका विषय सार्वजनिक रुपमा नै विभिन्न सञ्चारमाध्यममा समेत आएका थिए । अहिले पनि ति ७२ ब्रोकर कम्पनीको अडिट छुट्टाछुट्टै अडिटरलाई गर्न दिइएमा ७२ अडिटरले आ–आफ्नो राय लेख्ने र सिस्टमको कमजोरी बाहिर आउने सम्भावना रहेको भन्दै वाईकोले नै एकै कम्पनीलाई अडिटको जिम्मा दिनुपर्ने भन्दै आफैँ अघि सरेको स्रोतको दाबी थियो।

यसो हुँदा वाईकोले एक जना अडिटरसँग मात्र ‘डिल’ गरे हुने भएकोले उसले चलखेल गरिरहेको स्रोतको दाबी थियो। उक्त स्रोतका अनुसार एकल अडिटर हुँदा कम्पनीले अडिटरलाई कस्तो राय लेख्ने भन्ने विषयमा उसैलाई मात्रै दबाब दिएर चाहेजस्तो प्रतिवेदन बनाउन सकिने बुझाई रहेको थियो।

त्यसकै लागि ब्रोकर संघ समेत प्रयोग भएको देखिएको थियो। ब्रोकर संघले सबै ब्रोकरलाई एउटै भेण्डर कम्पनीमार्फत अडिट गराउने पहल गरिरहेको हुनाले सो विषयमा अन्तिम निर्णय नहुँदासम्म आइटी अडिटर नियुक्त नगर्न भनेको थियो।

कतिपय ब्रोकर कम्पनीले आईटी अडिटको लागि आफ्नो सञ्चालक समितिबाट अडिटर नियुक्तिको निर्णय गरिसकेका थिए। तर, ब्रोकर संघबाट होल्ड गर्ने सन्देश आएपछि बोर्डबाट निर्णय गरेपनि उनीहरुले अडिटरसँग सम्झौता गरेका थिएनन्। यसरी अडिटर नियुक्ति प्रक्रिया अघि बढाएर बोर्डबाट निर्णय गराउनेमा वाणिज्य बैंकका सहायक कम्पनीको रुपमा स्थापित ब्रोकरहरु पनि थिए, जो आफ्नो बैंक जस्तै संस्थागत सुशासन तथा अनुपालनामा अरुको तुलनामा अब्बल छन् ।

अब ब्रोकरहरु आ-आफ़्नो तरिकाले अडिटर छनौट गरेर अडिटको कार्य गराउन स्वतन्त्र रहेकोले टिएमएसमा रहेका वास्तविक कमजोरी बाहिर आउने र त्यसको समाधान हुने अपेक्षा गरिएको छ ।

यस अघि : IT Audit गर्नुपर्ने भएपछि ब्रोकरमा हलचल, TMS को ‘कमजोरी लुकाउन’ ब्यापक चलखेल 

पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...
spot_img