Sunday, April 19, 2026
spot_img
spot_img

१३४ शय्यामा स्तरोन्नति हुँदै टंगालको होलिडे इन एक्सप्रेस, १० तले नयाँ भवन बन्ने

spot_img
spot_img

काठमाडौँ महानगरपालिका वडा नं. ०५ टंगालमा रहेको होटल होलिडे इन एक्सप्रेस स्तरोन्नति हुने भएको छ। प्रबर्दक कम्पनी स्वर्णिम होटल लिमिटेडले होटेल स्तरोन्नतिको लागि वातावरणीय प्रभाव मूल्याङ्न (EIA) प्रतिवेदन तयारी पारि स्वीकृतिको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ।

कम्पनीले होटल होलिडे इन एक्सप्रेसलाई १३४ शय्यामा स्तरोन्नति गर्न लागेको हो । हाल यो होटेल आफ्नै स्वामित्वको १०८५.०४ वर्गमिटर क्षेत्रफल जग्गामा ९० शय्यामा सञ्चालनमा रहेको छ। होटलसँगै जोडिएको १०३७.७५ वर्गमिटर क्षेत्रफलको जग्गा १५ वर्षका लागि लिजमा लिई १३४ शय्यामा क्षमता वृद्धि गर्ने योजना कम्पनीको रहेको छ ।

यस होटलमा हाल कुल निर्माण क्षेत्रफल ४६७६.२८ वर्गमिटर रहेको एक १२ तले भवन रहेको छ भने अब कुल निर्माण क्षेत्रफल ५०५६.२४ वर्गमिटर भएको थप एक १० तले भवन निर्माण गरिनेछ। होटलले भवन सम्बन्धी प्रचलित मापदण्ड अनुसार खुला क्षेत्र, पार्किङ लगायतका मापदण्ड पूरा गर्नेछ। यस होटलमा अतिथि सेवा, किचन तथा रेस्टुरेन्ट, ब्याङ्कवेट हल, जिम, स्विमिङ पुल जस्ता सेवाहरू रहनेछन् । साथै यस होटलमा प्रतिदिन करिब ४८,००० लिटर भूमिगत पानी उपयोग हुने देखिएको छ।

कम्पनीका अनुसार यस आयोजनाबाट वातावरणमा पर्ने प्रभावहरूको न्यूनीकरण / नियन्त्रणका उपायहरू मस्यौदा EIA प्रतिवेदनमा समावेश गरिएका छन् । प्रतिवेदनमा राय सुझाव भएमा ७ दिन भित्र पेश गर्न आग्रह गरिएको छ।

यस कम्पनीले आईपीओ निष्काशनको पनि तयारी गरिरहेको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा गत मङ्सिर १६ गते बोर्डमा आवेदन दिएको छ। कम्पनीले ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि अनुमति माग गरेको हो।  आईपीओ निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीमा नरेश लाल श्रेष्ठको सर्वाधिक ३८ प्रतिशत शेयर लगानी रहेको छ। उनी कम्पनीका अध्यक्ष हुन् ।कम्पनीको प्रबन्ध संचालकमा महेश्वर श्रेष्ठ रहेका छन् भने अन्य संचालकमा निलिमा श्रेष्ठ, संदेश श्रेष्ठ, विनय भण्डारी, र  घनश्याम थापा रहेका छन् । स्वरुपा श्रेष्ठ कम्पनीको स्वतन्त्र संचालक हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...
spot_img