Sunday, June 28, 2026
spot_img

काठमाडौँ विमानस्थलमा यात्रुको स्वागत र विदाईको लागि ३ जना मात्र आउन आग्रह

spot_img
spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वागत तथा बिदाईको लागि ३ जना मात्र आउँनको लागि आग्रह गरेको छ । एक जना यात्रुको लागि दशौँ आफन्तजन स्वागत तथा बिदाइको लागि विमानस्थलमा आउने गरेको र  विमानस्थलको हाताभित्रको सीमित स्थानका कारण अत्यधिक भिडभाड हुने गरेको भन्दै विमानस्थलले एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा विदाइ गरी अत्यधिक भिडभाड नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेको हो  ।

विमानस्थलका अनुसार हाल यस विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेकोले हवाई यात्रुहरूको संख्यामा पनि वृद्धि भइरहेको छ ।  यस्तो भिडभाडको चापले विमानस्थलमा सुरक्षा चुनौती थमिनुका साथै स्वदेशी तथा विदेशी हवाई यात्रुहरूको आवागमनमा असुविधा भइरहेकोले विमानस्थल व्यवस्थापनमा समेत प्रतिकूल असर परिरहेको छ ।

यस्तो अवस्थामा अत्यधिक भिडभाडलाई निरुत्साहित गर्न आवश्यक देखिएको हुँदा एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा विदाइ गरी सहयोग गरिदिन विमानस्थलले आग्रह गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...
spot_img