Sunday, June 28, 2026
spot_img

गौरवशाली व्यावसायिक विरासत र भविष्यका गतिशील उद्योगबीचको पुल बन्छु: सचिन ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि युवा व्यवसायी सचिन ढकालले औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । उनले एशोसिएट तर्फबाट केन्द्रीय सस्दयको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले नेपालको निजी क्षेत्र तीव्र रूपान्तरणको चरणमा रहेको वर्तमान परिप्रेक्ष्यमा कर्पोरेट नेतृत्वले पनि नयाँ र आधुनिक दृष्टिकोण अपनाउनु अपरिहार्य रहेको बताएका छन्। गौरवशाली व्यावसायिक विरासत र भविष्यका गतिशील उद्योगहरू बीचको सुदृढ पुल बन्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन्।

खेलकुदलाई उच्च प्रतिफल दिने व्यावसायिक उद्योगको रूपमा स्थापित गर्न, आधुनिक पर्यटन पूर्वाधारको विस्तार गर्न र नवप्रवर्तनशील उद्यमहरूका लागि विद्यमान प्रशासनिक झन्झट अन्त्य गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहने उनले उल्लेख गरेका छन्। समग्र अर्थतन्त्रको आधुनिकीकरण र निजी क्षेत्रको सबलीकरणका लागि  उम्मेवारी दिएको उनले बताएका छन् ।

सचिन ढकाल हालका महासंघ अध्यक्ष रहेका चन्द्र ढकालका छोरा हुन् । युवा व्यवसायी ढकाल होटल तथा पर्यटन व्यवसायसहित खेलकुदमा पनि आवद्ध छन् ।

सचिन ढकाल दुबै समूहको साझा उम्मेदवार बनेका छन् । एसोसियट तर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठ प्यानलसहित मैदान उत्रिँदा उनी भने दुबै समूहको साझा उम्मेदवार बनेका हुन् ।

एसोसियट तर्फबाट १९ जना केन्द्रीय निर्वाचित हुने प्रावधान रहेकोमा ३७ जनाको उम्मेदवारी परेको छ । दुई समूहले प्यानलसहित उम्मेदवारी दिएपनि ढकाल भने दुबै समूहका साझा उम्मेदवार बन्न सफल भएका हुन् ।

पाण्डे र श्रेष्ठ दुबै समूहले ढकाललाई आफ्नो समूहको उम्मेदवार भन्दै उनको आगमनले आफ्नो समूह बलियो बनेको दाबी गरेका छन् । ढकाल महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा भएकाले पनि उनलाई दुबै समूहले भित्र्याउन निकै पहल गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...
spot_img