Sunday, June 28, 2026
spot_img

केपी ओली र रमेश लेखक विरुद्द मुद्दा नचल्ने, आज रिहा गर्ने तयारी

spot_img
spot_img

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले उनीहरुलाई हाजिरी जमानीमा रिहा गर्ने तयारी गरेको हो ।

सर्वोच्च अदालतले  मुद्दा चलाउने निर्णय भएमा सोहीअनुसार गर्न मुद्दा चलाउने निर्णय नभएमा हिरासतमुक्त गर्न आदेश दिएको थियो। सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेसंगै प्रहरीले आज उनीहरुलाई रिहा गर्ने तयारी गरेको हो।

सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्नको लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरिसकेको छ। अब प्रहरीले आवश्यक प्रक्रिया पुर्याएर उनीहरुको नजिकको आफन्तको जिम्मा लगाएर हाजिर जमानीमा छोडिदिने छ।

उनीहरु चैत्र १४ गते बिहान पक्राउ परेका  थिए । जेन्जी आन्दोलन जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की  नेतृत्वको प्रतिवेदनको सिफारिसको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...
spot_img