Saturday, April 4, 2026
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकालाई कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

spot_img
spot_img

कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाललाई चैत्र १० गतेदेखि  चैत्र १५ गतेसम्म ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा ८४ हजार ३ सय २६ जनाको आवेदन परेको थियो। जस मध्ये ८४ हजार ३ सय ८ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ३५ हजार हजारले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।  यस कम्पनीले बझांगमा  १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष खगेश्वर बोहोरा हुन् भने अन्य संचालकमा उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते...

व्यवसायीले भने ‘सरकारले नबढाए गाडी भाडा आफै बढाउँछौँ, नभए सेवा बन्द गर्छौं’

सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरे अब आफै बढाउने...

इन्धन खपत घटाउन पाकिस्तानको नयाँ कदम: ३० दिनको लागि सार्वजनिक यातायात निशुल्क

बढ्दो मूल्यसँगै इन्धन खपत घटाउन पाकिस्तानले नयाँ कदम चालेको...

इन्धनको मूल्य बढ्दै गएपछि भुटानले कर्मचारीलाई भन्यो ‘हिडेरै अफिस आउनु’

इन्धनको मूल्य बढ्दै गएपछि भुटान सरकारले ठूलो कदम चालेको...

ऊर्जा मन्त्रालयद्वारा विद्युत नीतिमाथि छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि...
spot_img