Monday, July 27, 2026
spot_img

कमोडिटी एक्सचेन्ज लाईसेन्सबारे सर्वोच्चमा दायर मुद्दाको आजको पेशी स्थगित, अब सुनुवाई कहिले?

spot_img

तत्काल वस्तु विनिमय बजार अर्थात् कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको आज आइतबारको लागि तोकिएको पेशी स्थगित भएको छ। आज २०८१ साउन १३ गतेको लागि यस मुद्दाको पेशी तोकिएको भए पनि आजको सुनुवाई स्थगित भएको हो।

अधिवक्ता रपिश पोखरेलले तत्काल कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै २०८० पुस २४ गते अधिवक्ता रपिश पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २०८० पुस २९ गते सर्वोच्च अदालतका न्यायधीश डा. कुमार चुडाल एकल इजलाशले यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो। साथी अन्तरिम आदेश नहुने आदेश भएको थियो।

वस्तु विनिमय बजार सम्बन्धि ऐन २०७४ मा उल्लेख भए बमोजिम कमोडिटी एक्सचेन्ज संचालनको लागि आवेदन माग गरिएको तर ऐनमा तोकिएको अवधि व्यतित भईसक्दा समेत कमोडिटी एक्सचेन्ज संचालनको लागि अनुमति प्रदान नभएकोले तत्काल कमोडिटी एक्सचेन्ज संचालनको लागि आदेश दिनको लागि रिटमा माग गरिएको छ। अब यस मुद्दाको अर्को सुनुवाईको लागि २०८१ कार्तिक ११ गतेको पेशी तोकिएको छ।

धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज लाईसेन्सको लागि आवेदन माग गरेपनि अहिले पनि कुनै कम्पनीलाई लाईसेन्स दिएको छैन।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img