Wednesday, July 1, 2026
spot_img

अब उद्योगी व्यापारी थुनिनु पर्दैन, आर्थिक बेइमानी भए आर्थिक जरीवाना गर्छौं: मन्त्री वाग्ले

spot_img
spot_img

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् ।
साेमबार नेपाल उद्योग वाणिज्य महासंघकाे प्रतिनिधीहरुसँगकाे भेटघाटमा उनले यस्तो बताएका हुन्।

मन्त्री वाग्लेले देश बनाउनको लागि लगानी बढाउन, र राेजगारी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । उनले आफु घुस खान नआएको र कसैलाई पनि खुस लिन नदिने बताए ।  अर्थतन्त्रको जहाज माेडेर देशलाई नयाँ गतिमा लैजान अर्थमन्त्री बनेको उनले उल्लेख गरे।

मन्त्री वाग्लेले अब उद्योगी व्यापारी थुनिनु नपर्ने र आर्थिक बेईमानीमा आर्थिक जरिवानामा जाने बताए।  उनले भने ‘निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूकाे सहयात्री हाैँ । अब घुस खुवाउन पर्दैन,लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन । आर्थिक बेइमानीमा हामी अब आर्थिक जरीवानामा जान्छौं । उद्योगी व्यापारी थुनिनु पर्दैन ।’

राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रले पनि बेइमानी नगर्ने विश्वास उनले व्यक्त गरे। उनले भने ‘नियाेजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छाैँ। ‘

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...

नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित

नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित...

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...
spot_img