Wednesday, May 6, 2026
spot_img
spot_img

ओली पक्राउ परेपछि आजैदेखि प्रदर्शनको तयारीमा एमाले, सचिवालय बैठक बस्दै

spot_img
spot_img

सरकारले पार्टी अध्यक्ष् केपी शर्मा ओलीलाई पक्राउ गरेपछि नेकपा एमालेले प्रदर्शनको तयारी गरेको छ । एमाले सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न भन्दै आजदेखि प्रदर्शनमा सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

अहिले बिहान बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी सचिव बस्नेतले बताएका छन्। सचिव बस्नेतले भनेका छन् ‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ। बालेन सरकारद्वारा सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ। सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ। प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। अहिले विहान ८:३० वजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।’

प्रहरीले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज शनिवार बिहानै पक्राउ गरेको हो । ओलीलाई भक्तपुरको गुण्डुस्थित निवास र लेखकलाई उनको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको हो । पक्राउ गरेर अहिले दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।

नव गठित सरकारको हिजो शुक्रबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले  जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।  प्रतिवेदनले सुरक्षा निकायको हकमा गरेका सिफारिस बारे भने अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय र सिफारिस गरिएका अन्यको हकमा भने गृह मन्त्रालयमार्फत प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने निर्णय गरेको थियो।

अघिल्लो सरकारले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ गर्न पूर्व न्यायधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। प्रतिवेदनले जेन्जी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृह मन्त्री रमेश लेखक, र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई जेल सहितको कारवाही सिफारिस गरिएको छ ।

सोहि प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसंगै ओली र लेखक पक्राउ परेका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img