सरकारले शासकीय सुधारका लागि सय वटा कार्य योजना स्वीकृत गरेको छ। नव गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको पहिलो बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार १०० वटा कार्य योजनाको विस्तृत विवरण भोलि शनिवार सार्वजनिक हुने छ ।
यी कार्ययोजनामा सार्वजनिक सेवा प्रवाह सुधारमा विशेष जोड दिईएको बताईएको छ ।












