काठमाडौंबाट दोलखाका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। दोलखाको लाप्चामा ल्याण्ड गरेर फेरी उडेको केही समयमै उक्त हेलिकप्टर सम्पर्कविहीन भएको बताईएको छ ।
हेलिकप्टरमा क्याप्टेन सुरज थापा क्षेत्रीले उडाएको र हेलिकप्टरमा क्याप्टेन सहित कुल ५ जना सवार रहेको बताईएको छ । हेलिकप्टरको खोजि कार्य भईरहेको तर सो क्षेत्रमा पानी परिरहेकोले खोजि कार्य प्रभावित भएको छ ।
थप विवरण आउन बाँकी रहेको छ।












