नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर सूचीकृत भएको छ । आज कम्पनीको ६८ लाख ९६ हजार ७ सय ४४ कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४.७७ रुपैयाँदेखि २८४.३१ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (SKHEL) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म आम सर्वसाधारणलाई ५ लाख ७२ हजार ४ सय ३१ कित्ता शेयर निष्काशन गरेको थियो। यस कम्पनीमा अपि पावर लिमिटेडको पनि शेयर लगानी रहेको छ ।
यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।









