Tuesday, June 30, 2026
spot_img

गाडी भाडा तत्काल नबढाए आफैँले बढाउने यातायात व्यवसायीको चेतावनी

spot_img
spot_img

यातयात व्यवसायीहरुले सरकारले तत्काल गाडी भाडा नबढाए आफैँले बढाउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नगरे आफैँले बढाउने चेतावनी दिएको हो ।

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि भएका कारण यातायात व्यवसायीहरू मारमा परेको भन्दै महासंघले तत्काल भाडादर समायोजन गर्न आग्रह गर्दै यदि भाडादर नबढाइए आफूहरुले नै स्वघोषणा गरेर लागू गर्ने र देशभरीका यातायात व्यवसायीहरुलाई सर्कुलेट गर्ने चेतावनी महासंघले दिएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले यदि अवरोध भएमा सेवा ठप्प पार्ने सम्मको चेतावनी दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार यातायात व्यवस्था विभागले चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सार्वजनिक यात्रुबाहक सवारीमा ११.३३ प्रतिशत, तराईको मालवाहक सवारीमा ८.८१ प्रतिशत र पहाडको मालवाहक सवारीमा १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरेपनि मन्त्रालयले निर्णय नगर्दा व्यवसायीहरु मारमा परेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img