प्रतिनिधिसभाका जेष्ठ सदस्यलाई आज राष्ट्रपतिले सपथ गराउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य रहेका अर्जुन नरसिंह केसीलाई आज बिहान ११:१५ बजे सपथ गराउने भएका हुन् ।
नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका केसी सबै भन्दा पाका उमेरका हुन्। निर्वाचन आयोगको विवरण अनुसार उनी ७८ वर्षका भए । उनी नुवाकोटका हुन् । कांग्रेसको समानुपातिक सूचीतर्फ उनको नाम खस आर्य ‘क्लष्टर’मा पहिलो नम्बरमा समावेश थियो।
राष्ट्रपतिले केसीलाई सपथ खुवाएपछि जेष्ठ सदस्यको हैसियतमा केसीले अन्य सांसदहरुलाई सपथ खुवाउने छन् । अन्य सांसदको सपथ भोलि चैत्र १२ गते दिउँसो २ बजेको लागि तोकिएको छ।
चैत्र १२ गते सांसदहरुको सपथ लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। सो बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने छ। त्यसपछि राष्ट्रपतिले एकल बहुमत प्राप्त पार्टीको संसदीय दलको नेताको रुपमा रहेका बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् ।
बालेंनले चैत्र १३ गते प्रधानमन्त्रीको सपथ लिने तयारी छ।












