गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुको सपथ चैत्र १२ गते बिहीबार २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सार्वजनिक सूचना जारी गर्दै बिहीबार दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउदेश्यीय सभाकक्षमा सपथ हुने जानकारी दिएको हो ।
सचिवालयले सपथ हुनुभन्दा २ घण्टा अगावै औपचारिक पोशाक वा आफ्नो सांस्कृतिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको छ। मातृभाषामा सपथ लिन चाहने सांसदहरुले सपथको व्यहोरा आफैले अनुवाद गरि सपथ हुनु भन्दा २ दिन अगाडी नै संसद सचिवालयलाई बुझाउनु पर्ने छ। त्यस्तै सबै सांसदहरु निर्वाचन आयोगले दिएको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो सहित उपस्थित हुनु पर्ने छ।
सांसदहरुलाई जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सपथ गराउने छन् । त्यस अघि उनी आफैले राष्ट्रपतिबाट सपथ लिने छन् । सांसदहरुले १२ गते सपथ लिएपछि चैत्र १३ गते प्रधानमन्त्रीको सपथ गराउने तयारी छ।
हेर्नुस् सूचना













