Monday, August 10, 2026
spot_img

कालंगा हाइड्रो र सानीगड हाइड्रोले पाए आईपीओ निष्काशन अनुमति

spot_img

कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले फागुन २५ गते यी दुई कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

कालंगा हाइड्रोले ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यस कम्पनीले बझांगमा  १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष खगेश्वर बोहोरा हुन् भने अन्य संचालकमा उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् । कम्पनी सचिवको रुपमा प्रदिप कुमार दाहाल रहेका छन् ।

त्यस्तै सानीगड हाइड्रोले ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यस कम्पनीले बझांगमा  ३४.४६ मेगावाटको अपर कालंगागड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन् भने अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा,  शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् । कम्पनी सचिवको रुपमा प्रमोद आचार्य रहेका छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...

बहुराष्ट्रिय २० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

पञ्चकन्या माई हाइड्रोको नाफा ६.६७ करोड, ईपीएस ६.०७ रुपैयाँ

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

सुनको भाउमा झिनो गिरावट, महँगियो चाँदी

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...
spot_img