Monday, August 10, 2026
spot_img

शिखर पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन २६ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १७ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।

आईपीओ कम्तिमा ४ कार्य दिन खुला राख्नुपर्ने व्यवस्था छ । तर फागुन २० गतेदेखि २२ गतेसम्म चुनावको सार्वजनिक विदा परेको र फागुन २४ गते अन्तराष्ट्रिय महिला श्रमिक दिवसको सार्वजनिक विदा परेको थियो । सोहि कारण यो आईपीओमा आवेदन दिने म्याद थप गरेर आज फागुन २६ गतेसम्म कायम गरिएको हो।

कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता (कर्मचारीलाई छुट्याईएको ४४ हजार ४ सय कित्ता बाहेक) शेयर निष्काशन गरेको छ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  नेपाल धितोपत्र बोर्डले पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस कम्पनीले बाग्लुंगमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ फागुन २५ देखि विद्युत उत्पादन गरिरहेको छ। साथै सोहि खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला आयोजना निर्माण गरिरहेको छ

यस कम्पनी अध्यक्ष नारायण प्रसाद उपाध्याय हुन् भने अन्य संचालकमा हेमराज आचार्य, सरोज दाहाल, नम्रता केसी र अभय पाण्डे रहेका छन् । 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...

बहुराष्ट्रिय २० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

पञ्चकन्या माई हाइड्रोको नाफा ६.६७ करोड, ईपीएस ६.०७ रुपैयाँ

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

सुनको भाउमा झिनो गिरावट, महँगियो चाँदी

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...
spot_img