Friday, July 10, 2026
spot_img

सौर्य एयरलाइन्स दुर्घटनाले सम्झाएको ‘नलिञ्चोक हेलिपोर्ट’को जोखिम

spot_img

काठमाडौँ विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नलिञ्चोक हेलिपोर्टको जोखिम फेरि एकपटक चर्चामा ल्याइदिएको छ । चारैतिर अग्ला घर र १ सय मिटरको मात्रै दूरीमा रहेको टेलिकमको टावरले गर्दा नलिञ्चोक हेलिपोर्टमा उडान अवतरण गर्न जोखिम रहेको भन्दै हेलिकप्टरका ४७ जना पाइलटहरुले लिखित रुपमै नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)को ध्यानाकर्षण गराउँदै हेलिकप्टरको उडान बन्द गरेका छन् ।

‘टू वे एप्रोच’ नहुँदा नलिञ्चोक एयरपोर्टबाट उडान अवतरण गर्न समस्या परेको भन्दै पाइलटहरुले लिखित ध्यानाकर्षण गराएपछि क्यानले पाइलटहरुसँग ४ पटक छलफल गरिसकेको छ । तर, उचित निर्णय दिन सकेको छैन । बरु, क्यान नेतृत्वले पाइलटहरुको एकता फुटाउन हेलिकप्टर कम्पनीहरुको गल्ती खोज्दै हिडेको स्रोत बताउँछ । त्यसैको फलस्वरुप केही दिन अगाडी कैलाश हेलिकप्टरले उडान ग¥यो ।

तर, समस्या समाधान गर्न क्यानले चासो नदिएको पाइलटहरुको गुनासो छ । उनीहरुका अनुसार सबै हेलिकप्टर कम्पनीले उक्त हेलिप्याडको एसआरएम रिपोर्ट (सेफ्टी रिक्स म्यानेजमेन्ट रिपोर्ट) क्यानमा बुझाएका छन् । उक्त रिपोर्ट अनुसार नलिञ्चोक हेलिप्याड ‘रेड लाइन’ (उडान सम्भव नहुने)मा देखिएको छ । एसआरएम गर्दा हेलिकप्टर कम्पनीहरुले हवाई विज्ञ राखेका हुन्छन् । तर, क्यानले विज्ञ सहितको अध्ययनबाट हेलिकप्टर कम्पनीहरुले गरेको एसआरएमलाई वास्ता नगरेको र आफूले पनि एसआरएम गर्नुपर्नेमा नगरी बसेको पाइलटहरुको आरोप छ ।

‘कुनै एउटा कम्पनीले उडान असुरक्षित छ भनेको भए उसको स्वार्थ छ भन्न सकिन्थ्यो होला, तर सबै हेलिकप्टर कम्पनीका ४७ जना पाइलटले सामूहिक रुपमा उडान गर्न सकिँदैन भनेपछि यसलाई क्यानले गम्भीर रुपमा लिनुपर्ने थियो, तर लिएन’ एक जना पाइलटले बिजनेश पानासँग भने, ‘हामीले लगानी गरिसक्यौ, तिमीले जसरी पनि उडान गर्नुपर्छ भनेर क्यानले भनिरहेको अवस्था छ, उसको लगानी भयो भन्दैमा सुरक्षामा सम्झौता गर्न सकिँदैन ।’

पाइलटहरुका अनुसार उक्त हेलिप्याड असुरक्षित छ भन्दाभन्दै क्यानले पेल्न खोजेको छ । काठमाडौँ विमानस्थलबाट हेलिकप्टरलाई उठाएर बेवारिसे बनाएको र नलिञ्चोकमा सामान्य पूर्वाधारसमेत नबनाई असुरक्षित रुपमा जबरजस्ती उडान गर्न दबाब दिने काम भइरहेको उनीहरुको गुनासो छ ।

क्यानको निर्देशिकाअनुसार हेलिप्याडमा हेलिकप्टर ‘ल्याण्ड’ र ‘टेक अप’ गर्दा ‘टू वे एप्रोच’ हुनुपर्ने भएपनि अहिले नलिञ्चोक हेलिप्याडमा ‘वान वे एप्रोच’ मात्रै रहेको हेलिकप्टर कम्पनीहरुको भनाइ छ । आफ्नै निर्देशिकासमेत पालना नगरी असुरक्षित स्थानमा सुरक्षाका कुनै उपाय अबलम्बन नगरी बनाइएको उक्त हेलिप्याडबाट जबरजस्ती उडान गराउने हो भने बुधबार काठमाडौँ विमानस्थलमा भएको सौर्यको जहाज दुर्घटना जस्तै भवितव्य जुनसुकै बेला निम्तिन सक्ने जानकारहरुको भनाइ छ ।

‘नलिञ्चोकमा कुनै पनि सुरक्षा प्रबन्ध छैन, सुरक्षाका नाममा ४/५ जना प्रहरीहरु छन्’ अर्का एक जना पाइलटले भने, ‘टर्मिनल भवन छैन, फायर फाइटिङको प्रबन्ध छैन, फ्यूल फेसेलिटिज् छैन, ह्याङ्गर छैन । सबैभन्दा महत्वपूर्ण कुरो ‘टू वे एप्रोच’ छैन, निकै जोखिमयुक्त छ ।’

सँगै वरिपरी घरैघर छन् भने नजिकै स्कुल पनि छ । १ सय मिटरको दूरीमा टेलिकमको टावर छ । यसले गर्दा त्यहाँबाट उडान गर्दा निकै जोखिम मोल्नुपर्ने पाइलटहरुको गुनासो छ ।

‘क्यानले फिजीबिलिटी स्टडी नै गरेको हो कि होइन भन्नेमै शंका उत्पन्न भएको छ, यदि गरेको भए सार्वजनिक गरे हुन्थ्यो’ अर्का पाइलट थप्छन्, ‘हेलिकप्टर कम्पनीहरुले विज्ञसहित राखेर एसआरएम गरेर प्रतिवेदन दिइसके, क्यान आफूले नै एसआरएम नै नगरी बसेको छ । यदि गरेको भए यो पनि सार्वजनिक गर्नुपर्ने थियो, सार्वजनिक गरेको छैन ।’

के भन्छ क्यान ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सफल परीक्षण पश्चात हेलिकप्टरहरुलाई नलिञ्चोक पठाइएको र त्यहाँबाट उडान अवतरणमा कुनै समस्या नरहेको दाबी गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले एकैपटक धेरै हेलिकप्टर नलिञ्चोकमा पठाउँदा उडान अवतरणमा समस्या हुने देखेरै संख्या घटाएर उडान गर्न भनिएको बताउँछन् ।

तर, अहिले उडान नै गर्न नसकिने भन्दै हेलिकप्टर ‘ग्राउण्डेड’ गरिएकोमा भने विश्वास गर्न नसकिने उनको भनाइ छ । अहिले अफसिजनमा हेलिकप्टरको उडान नै कम हुने क्यानको दाबी छ ।

यद्यपी, पाइलटहरुले उठाएका विषय सम्बोधन गर्न समिति नै बनाइएको र समितिले आवश्यक सुझावसहितको प्रतिवेदन बुझाएपछि यसमा थप के के गर्न सकिन्छ भन्नेबारे क्यानले आवश्यक निर्णय लिने बताइएको छ ।

यो पनि : काठमाडौँमा ह्याङ्गर नपाएरै मर्मतको लागि पोखरा जान लागेको थियो सौर्यको जहाज

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मर्जरपछि यस्तो बन्यो पोखरा फाइनान्सको संचालक समिति, अध्यक्षमा मिश्र

समृद्धि फाइनान्ससँगको मर्जरपछि एकिकृत कारोबार सुरु भएसंगै पोखरा फाइनान्समा...

डिम्याट खातामा आयो एभरेष्ट कलरको शेयर, सूचीकरणको लागि आज नेप्सेमा निवेदन दिँदै

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...
spot_img