Saturday, July 11, 2026
spot_img

काठमाडौँमा ह्याङ्गर नपाएरै मर्मतको लागि पोखरा जान लागेको थियो सौर्यको जहाज

spot_img

बुधबार बिहान ११ बजेको समयमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाए। उक्त जहाज दुर्घटना हुँदा एयर डाइनेष्टीका कर्मचारीहरु ‘भाग्यले बाँचे’ । किनकी, सौर्यको जहाज डाइनेष्टीको कन्टेनरमा बजारियो र जहाजसँगै उक्त कन्टेनर पनि ध्वस्त भयो ।

कन्टेनरमा एयर डाइनेष्टीको कार्यालयसहित अन्य उपकरणहरु थिए । त्यहाँका कर्मचारीहरु सौर्यको जहाज दुर्घटना हुँदा सिम्रिक एयरको कन्टेनरमा थिए । सिम्रिक एयरको कन्टेनर अगाडी पनि दुर्घटनाग्रस्त जहाजको एउटा ढोका खस्यो ।

हेलिकप्टरहरुलाई नलिञ्चोक हेलिप्याडमा सारेपछि काठमाडौँ एयरपोर्टमा भएका हेलिकप्टरका कार्यालयहरु पनि बेवारिसे बनेका छन् । नलिञ्चोक हेलिप्याडमा कार्यालय राख्न कुनै ठाउँ नै छैन । फलतः पेप्सीकोला पट्टिको खाली ठाउँमा कन्टेनरभित्रै कार्यालय र उपकरणहरु राख्न बाध्य पारियो । जसले जोखिम निम्त्याएको छ । उता, बिना कुनै पूर्वाधार नलिन्चोक हेलिप्याड सञ्चालनमा ल्याइएपछि जुनसुकै बेला हिजो काठमाडौँमा भए जस्तै दुर्घटना हुन सक्ने जोखिम पाइलटहरुले औल्याउँदै आएका छन् ।

सँगै, काठमाडौँ विमानस्थलमा भएका ‘ह्याङ्गर’हरु हटाएका कारण सौर्यको जहाज ‘कम्प्लिट चेक’ (सी चेक)का लागि पोखरा जानुपर्ने बाध्यता आइलाग्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गर्ने भन्दै त्यहाँ भएका श्री र यती एयरलाइन्सको ‘ह्याङ्गर’ हटाइएको छ । बुद्ध एयर र नेपाली सेनाको ह्याङ्गर बाँकी छ ।

अन्य एयरलाइन्सहरुले बुद्ध एयरकै ह्याङ्गरमा निश्चित शुल्क तिरेर जहाज परीक्षण गराउँथे । तर, स्रोतका अनुसार नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)ले बुद्धले ह्याङ्गर प्रयोग गर्न दिएबापत लिने शुल्कमा कर तिर्नुपर्ने ब्यवस्था गरिदियो । अर्थात् बुद्धले ह्याङ्गर भाडामा दिएर गरेको आम्दानीमा प्राधिकरणले हिस्सा खोज्यो । यसपछि नोक्सान हुने देखेर बुद्धले ह्याङ्गर भाडामा दिन छोड्यो । उसले आफूसँग १८ वटा जहाज भएकाले आफ्नै जहाजको परीक्षण र मर्मत गर्नुपर्ने भन्दै अन्य एयरलाइन्सलाई ह्याङ्गर दिन बन्द गरिदियो ।

‘हामीसँग आफ्नै जहाज १८ वटा छन्, अरुलाई ह्याङ्गर भाडामा दिँदा आफ्नै जहाज मर्मत र परीक्षणमा बिलम्ब हुन सक्ने देखिएकाले दिन छोडेका हौँ’ बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कुमार कर्णले बिजनेश पानासँग भने ।

काठमाडौँमा ह्याङ्गर नपाएरै सौर्यको जहाज परीक्षणका लागि पोखरा जानु परेको उड्डययन क्षेत्रका जानकारहरुको दाबी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यान (अन्तर्राष्ट्रिय एयरपोर्टमा ह्याङ्गर हुनुपर्ने मापदण्ड छ)को ह्याङ्गर छ । क्यानले पोखरा एयरपोर्टको आम्दानी देखाउन एयरलाइन्सहरुलाई जहाजको ‘सी चेक’का लागि पोखरा पठाउने गरेको एक जना जानकारले बताए । त्यहीँ शिलशिलामा बुधबार सौर्यको जहाज पनि पोखरा उड्ने क्रममा काठमाडौँ विमानस्थलको हाताभित्रै भयानक दुर्घटनामा परेको ति जानकारको दाबी छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img