Wednesday, September 9, 2026
spot_img

मन्त्रीबाट राजीनामा दिएर चुनावमा होमिएका ४ उम्मेदवार: अरुले जित्दा कुलमान पराजित

spot_img

फागुन २१ गते चुनाव गराउने म्यान्डेटसहित बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारबाट ४ जना मन्त्रीहरु राजीनामा दिएर चुनाव लड्न हिडेका थिए । कुलमान घिसिङ ऊर्जा मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न जाँदा जगदीश खरेल सञ्चार, महावीर पुन शिक्षा र बब्लु गुप्ता खेलकुद मन्त्रालय छोडेर चुनाव लडेका थिए ।

यी ४ मध्ये कुलमान घिसिङ आफ्नै अगुवाईमा दर्ता भएको उज्यालो नेपाल पार्टीबाट चुनाव लडेका थिए भने खरेल र गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका थिए । पुनले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

३ जनाले चुनाव जित्दा कुलमान पराजित

अन्तरिम सरकारबाट बाहिरिएर चुनाव लड्न गएकामध्ये ३ जनाले जनताबाट अनुमोदित भएका छन् । जगदीश खरेल ललितपूर २ बाट निर्वाचित भएका छन् । उनले ३९ हजार ४९१ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कृष्ण महर्जनले जम्मा ७ हजार ४२० मत मात्रै पाए ।

यस्तै, बब्लु गुप्ता सिरहा १ बाट निर्वाचित भएका छन् । उनले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७८४ मतमा समेटिए ।

शिक्षा मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न म्याग्दी पुगेका महावीर पुन पनि निर्वाचित भएका छन् । उनले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले २२ हजार ८५० मत ल्याएर चुनाव जित्दा एमालेका हरिकृष्ण श्रेष्ठ ७ हजार ९१९ मतमा रोकिए ।

तर, सँगै सरकारबाट बाहिरिएका कुलमान घिसिङ भने पराजित भएका छन् । उनले काठमाडौँ ३ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका थिए तर, रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भए । पाण्डेले १८ हजार ७५७ मत पाएर चुनाव जित्दा घिसिङले भने ११ हजार १७१ मत मात्रै पाएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...