Wednesday, July 22, 2026
spot_img

बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतले छोडे आफैले खोलेको पार्टी, अब व्यवसाय र समाज सेवामा

spot_img

बुद्ध एयरका मालिक वीरेन्द्र बहादुर बस्नेतले आफैले खोलेको पार्टी छोडेका छन् । जेन्जी आन्दोलनपछि बस्नेत सहितको पहलमा गतिशील लोकतान्त्रिक पार्टी स्थापना भएको थियो, बस्नेत पार्टीको केन्द्रीय सदस्य थिए ।

तर निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थालेसंगै उनी पार्टीबाट अलग भएका छन् । अब आफु एक स्वतन्त्र, जिम्मेवार नागरिकका रुपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने बस्नेतले बताएका छन् ।

हालको राजनीतिक संस्कार आफ्नो आत्मासँग मेल नखाएको बस्नेतले बताएका छन्।  पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन नसकिने रहेको भन्ने कुरा आफुले बुझेको उनले उल्लेख गरेका छन्।

अबको बाटो फरक रहे पनि देशप्रतिको समर्पण यथावत रहेको उनले बताएका छन्  । उनले भनेका छन् ‘ आगामी दिनमा म मेरो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्नेछु । स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि, र गुणस्तरीय माध्यमिक शिक्षा- यिनै क्षेत्रहरुबाट दिगो रोजगारी र समतामूलक समृद्धिको बीउ रोप्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

उनले गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिवद्ध रहन शुभकामना दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा वृद्धि

आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार...

धोबीघाट सर्भिस सेन्टरमा एमजीको ७ दिने Service Camp सुरु

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा....

विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको बिक्री तथा सेवा मलंगवामा सुरु

एसटीसी अटो सोलुसनले बी. एम. ईभी हबलाई आधिकारिक बिक्री...

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...
spot_img