राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौँबाट विजयी सुरुवात गरेको छ। काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शना न्यौपाने विजयी भएकी हुन्।
रन्जुले १५ हजार ४ सय ५५ भोट ल्याएकी छिन् भने दोस्रो भएका कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत पाए। तेस्रो भएका रविन्द्र मिश्रले ३ हजार ९ सय ६२ भोट पाए ।









