Thursday, July 23, 2026
spot_img

मिडियाको विश्लेषण : झापा ५ मा ओलीलाई हराउँदै बालेनले जित्ने, रास्वपाको बहुमत आउने

spot_img

आज देशभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगले केहि छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक निर्वाचन सम्पन्न जनाएको छ। यस चुनावमा करिव ६० प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक विश्लेषण छ ।

मतदान सकिएसंगै देशभर मतगणनाको तयारी भईरहेको छ। यस संगै विभिन्न मुलधारका मिडियाहरुले आफ्नो चुनावी विश्लेषण पनि प्रकाशन गर्न थालेका छन् ।

चुनाव अघि नै आफ्नो चुनावी विश्लेषण सार्वजनिक गरेको सेतोपाटीले यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पक्षमा अभूतपूर्व लहर आउने विश्लेषण प्रकाशन गरेको छ । सेतोपाटीले आफ्नो विश्लेषणमा  झापा– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले ठूलो मतान्तरले एमाले अध्यक्ष केपी ओलीलाई पराजित गर्ने उल्लेख गरेको छ। त्यो मतान्तर दोब्बरसम्म पनि पुग्न सक्ने सेतोपाटीको आँकलन छ। सेतोपाटीले यस पटक रास्वपाको एकल बहुमत आउने विश्लेषण पनि गरेको छ । गत स्थानीय चुनाव सम्पन्न हुना साथ सेतोपाटीले नै काठमाडौँ महानगरको मेयरमा बालेनले जित्ने भन्दै विश्लेषण प्रकाशन गरेको थियो ।

अर्को मिडिया लोकान्तरले पनि झापा ५ मा ओलीलाई हराउदै बालेनले जित्ने विश्लेषण प्रकाशन गरेको छ । लोकान्तरले आफ्नो ‘प्रि-इलेक्सन पोल’ मा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका विपिनकुमार आचार्य दाङ २ बाट निर्वाचित हुने विश्लेषण पनि प्रकाशन गरेको छ ।

अर्को मिडिया रातोपाटीले पनि एमालेले यस पटक झापाका सबैजसो सिट गुमाउन सक्ने विश्लेषण प्रकाशन गरेको छ।कोशीमा प्रत्यक्षमा कांग्रेस–एमाले र नेकपालाई जित्दै पहिलो पार्टी रास्वपा नै बन्न सक्ने रातोपाटीको विश्लेषण छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना...

शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर...

नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय...

एम्बुलेन्स दर्ता मै सकस: नेपालले परिस्थिति बुझेर कानुन बनाउँछ कि अनावश्यक सिको गरेर ?

दीपक थपलिया  यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो । हालै...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबार...

ऊर्जा व्यापारमा कीर्तिमान: भारत र बङ्गलादेशमा बिजुली निर्यातबाट २९.३२ अर्ब आम्दानी

नेपालले ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान हाँसिल गरेको छ ।...
spot_img