Monday, August 24, 2026
spot_img
spot_img

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यी हुन् ९ व्यवस्था

spot_img

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज मंगलबार साँझ समीक्षा सार्वजनिक गरेको हो।

समीक्षाले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत नै राखेको छ ।

यस्ता छन् मौद्रिक नीतिले गरेका/गर्ने भनेका व्यवस्था 

१. ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत्कायम गरिएको छ ।

२. कृषि, ऊर्जा र लघु, घरेलु तथा साना उद्यम÷व्यवसायमा कर्जा विस्तार प्रोत्साहन गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको क्षेत्रगत कर्जा सीमाको दायरामा पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगहरूसमेत समावेश गरिनेछ । साथै, बैंक तथा वित्तीय संस्थालेत्यस्ता प्रत्येक क्षेत्रमा न्यूनतम कर्जा अनुपात कायम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरिनेछ ।

३. चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणको आधारमा Permanent Working Capital को अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइनेछ । साथै, ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरी ३० प्रतिशतभन्दा कम गर्नु पर्ने व्यवस्था मिलाइनेछ ।

४. बैंक तथा वित्तीय संस्थाले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम÷व्यवसायहरूमा प्रवाहित कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

५. बैंक तथा वित्तीय संस्थाले गर्ने नन्डेलिभरेबल फरवार्डमा कायम प्राथमिक पुँजीको २५ प्रतिशतको सीमा वृद्धि गरी ३० प्रतिशत कायम गरिनेछ ।

६. Data Center, Cloud Computing, Robotics Lab र  Artificial Intelligence  लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गरिनेछ । साथै, त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गरिनेछ ।

७. विद्युतीय भुक्तानी कारोबारलाई थप प्रोत्साहित गर्न चेकमार्फत हुने कारोबार घटाउँदै लैजाने रणनीति अवलम्बन गरिनेछ ।

८. परिस्थितिजन्य कारणलेतत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराइनेछ ।

९. नेपाल सरकारबाट हालै स्वीकृत भएको दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (२०८२÷८३–८६÷८७) मा उल्लिखित राष्ट्र बैंकसँग सम्बन्धित कार्यहरू चरणवद्ध रूपमा कार्यान्वयन गरिनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img