होटल सब्रिनाले भ्यालेन्टाइन डेका लागि विशेष ‘भ्यालेन्टाइन ब्लिस’ प्याकेज ल्याएको छ । जोडीहरुको लागि लक्षित गरेर यो रोमान्टिक प्याकेज ल्याईएको होटेलले जनाएको छ।
प्याकेज अन्तर्गत ९ हजार ९ सय ९९ मा प्रिमियम रुम, ११ हजार ९ सय ९९ मा प्रिमियम रुम विथ ज्याकुजी र १९ हजार ९ सय ९९ मा सुइट रुम विथ ज्याकुजी उपलब्ध हुने होटेलले उल्लेख गरेको छ। यसमा दुई जनाको लागि कोठा, ब्रेकफास्ट र डिनर समावेश हुने तथा होटेलमा आगमनको क्रममा वेलकम ड्रिंक पनि उपलब्ध हुने छ ।
यसका अलावा भ्यालेन्टाइनको लागि स्पेसल सजावटसहितका कोठाहरूमा विशेष एमेनिटीहरू , विशेष रूपमा दुईजनाका लागि पारिएको ४-कोर्स रोमान्टिक डिनर “वाइन एन्ड डाइन” , स्टीम वा साउना (पूर्व बुकिङ आवश्यक), दुईजनाका लागि बुफे ब्रेकफास्टका साथै लेट चेकआउट (दिउँसो २:०० बजेसम्म) को सुविधा रहने होटेलले जनाएको छ ।
होटेलले एउटा ड्रिंकको खरिदमा अर्को ड्रिंक पनि उपलब्ध गराउने भएको छ । यो सुविधा होटेलको स्काईलाइन लाउन्ज एण्ड बारमा उपलब्ध हुने छ ।
होटेलले फेब्रुअरी महिनाभर घरेलु बेकरीका स्वादिष्ट सामग्री उपलब्ध गराएको छ । जसमा रेड भेल्भेट केक, स्ट्रबेरी माउस, हार्ट कुकीज, हार्ट म्याकारोन्स लगायत छन् ।












